सेयर बजारका लगानीकर्ता अम्बिकाप्रसाद पौडेलले सेयर लोनमा १२ करोडको सिमा हटाउनुपर्ने बताएका छन्।
नेपाल उद्योग तथा व्यवसायी महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै पौडेलले १२ करोडको सिमा हटाउनुपर्ने माग गरेका छन । ‘सेयर कारोबारलाई व्यावसायिक गरिएन’, उनले भने, ‘सेयर लोनमा १२ करोडको क्याप खारेज गर्नुपर्छ।’
मौद्रिक नितीले निजी क्षेत्रलाई उत्साहित गर्न नसकेको भन्दै उनले भने – ‘सोचेजस्तो राजस्व संकलन पनि भएको छैन, बैंकहरुले लगानी गर्ने वातावरण पनि बन्न सकेको छैन। जसका कारण सेयर र घरजग्गाको कारोबारमा संकुचन आएको छ।’
पौडेलले मर्ज भएका संस्थालाई कर लगाउनु गलत हुने उल्लेख गर्दै भने ‘हिजो कर नलाग्ने भनियो, आज फेरि कर लगाइयो यो , उचित भएन।’