चालु आर्थिक वर्ष २०८०/८१ को दुई महिनामा नेपाल बिध्युत प्राधिकरणले ५ अर्ब ४३ करोड ३१ लाख रुपैयाँको विद्युत भारततर्फ निर्यात गरेको छ ।
साउन महिनामा १ अर्ब ९४ करोड ८४ लाख र भदौ महिनामा ३ अर्ब ४८ करोड ४८ लाख रुपैयाँको विद्युत् भारतीय बजारमा निर्यात गरेको हो ।
दुई महिनामा ५ अर्ब ४३ करोड ३१ लाख रुपैयाँको विद्युत् निर्यात गरेको हो ।
साउनमा प्रतियुनिट औसत बिक्री दर ८ रुपैया १३ पैसा रहेको छ भने भाद्र महिनामा औसत प्रतीयुनिट १२ रुपैयाँ २७ पैसा रहेको छ । दुई महिनाको औसत बिक्री दर प्रति युनिट १० रुपैयाँ ३७ पैसा छ ।