20.6 C
Nepal
Thursday, September 19, 2024

सेयर बजारमा हरियाली , कारोबार रकम ३ अर्ब माथि

आज सेयर बजार ४४.३४ अङ्कले बढेको छ । आज २.२३ प्रतिसतले बढ्दै सेयर बजार २०२९.७८ को बिन्दुमा बन्द भएको छ ।

आज नेप्सेमा सुचिक्रित कम्पनिमध्ये २१७ कम्पनिको मुल्य बढेको छ भने ११ कम्पनिको मुल्य घटेको छ ।

सेयर बजारमा आज ३ अर्ब २९ करोड भन्दा माथिको कारोबार भएको छ ।

सेयर बजारमा आज सर्बाधिक कमाउने कम्पनीहरुमा नेसनल हाइड्रोपावर कम्पनी, डिव्यसवरी हाइड्रो, स्वाभिमान लघुबित्त, हिमाल दोलखा हाइड्रो, मन्दाकिनी हाइड्रो लगायतका कम्पनीहरु रहेका छन ।

त्यस्तै आज सर्बाधिक गुमाउने कम्पनिहरुमा अभियान लघुबित्त, एनआइबीएल प्रगती फन्ड लगायतका केही म्युचुवल फण्ड लगायतका कम्पनीहरु रहेका छन ।

त्यसै गरी आज सर्बाधिक कारोबार हुने कम्पनिहरुमा सन नेपाल लाइफ इन्सुरेन्स, रिलायबल नेपाल लाइफ इन्सुरेन्स , एनआइसी एसिया बैंक, हिमाल दोलखा हाइड्रोपावर लगायतका कम्पनिहरु रहेका छन ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here