22 C
Nepal
Monday, September 16, 2024

विकास ऋणपत्रमार्फत रु. १० अर्ब आन्तरिक ऋण उठाउदै सरकार

सरकारले १० अर्ब रुपैयाँको आन्तरिक ऋण उठाउने निर्णय गरेको । यस प्रायोजनका लागि राष्ट्र बैंकले भोलि विकास ऋणपत्र २०८५ ‘ञ’ जारी गर्ने तयारी गरेको हो।

भोलि शुक्रबार (असोज ५ गते) बोलकबोलमार्फत बिक्री हुने ॠणपत्र यही असोज ७ गते ५ वर्षे अवधिको ऋणपत्र जारी हुने छ । बोलकबोलमार्फत बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र जारी गर्नेछ ।

यो ऋणपत्रमा इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलपत्र पेस गर्न सक्नेछन्।

यो ऋणपत्र धितो राखी कर्जा लिन तथा दिन पाइनेछ।

बोलकबोलमा इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीका रुपमा सहभागी हुन पाउनेछन्। प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलकबोलहरुलाई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात रु. ८ अर्ब ७५ र रु. १ अर्ब २५ करोड छुट्याइएको छ। अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमका लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिनेछ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here