12.2 C
Nepal
Wednesday, February 11, 2026

सपोर्ट लघुवित्तको करिब १४ हजार कित्ता सेयर असोज ८ बाट बिक्रीमा राखिने, न्यूनतम मूल्य प्रतिकित्ता ५५० रुपैयाँ

spot_imgspot_imgspot_img

करिब १४ हजार कित्ता सपोर्ट लघुवित्त वित्तीय संस्थाको सेयर बिक्रिमा राख्ने निर्णय भएको छ ।

असोज ८ गतेबाट इच्छुक जोकोही व्यक्ति तथा संस्थाले खरिद गर्न सक्ने गरी संस्थाको संस्थापक समूहको १३ हजार ८९१ कित्ता सेयर बिक्रीमा राखिने छ ।
यस लघुबित्तको न्यूनतम मूल्य प्रतिकित्ता ५५० रुपैयाँ राखिएको छ । न्युनतम ५५० वा सोभन्दा बढी मुल्य राखी यो सेयरमा आबेदन दिन सकिनेछ ।

बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतममा भने सेयर संख्याका लागि कुनै हद लाग्ने छैन।

बोलपत्र आउँदो असोज २२ गतेसम्म आवेदन दिन सकिनेछ। बोलपत्र काठमाण्डौको टेकुस्थित धितोपत्र बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङको कार्यालयमा पेस गर्नुपर्नेछ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here