हाथवे इन्भेस्टमेन्ट नेपालको आईपीओ भोलि, असोज २ गते बाँडफाँड हुने भएको छ।
धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आईएमईको कार्यालयमा बिहान ९ बजे आईपीओ बाँडफाँड गरिने छ ।
कम्पनीले जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५० प्रतिशतले हुन आउने १४ करोड ६२ लाख ५० हजार रुपैया बराबरको आइपिओ जारी गरेको हो । कम्पनीले ५० रुपैयाँ अंकित दरका कुल २९ लाख २५ हजार कित्ता आईपीओ बिक्री खुला गरेको थियो।
कुल कित्तामध्ये २ प्रतिशत सेयर कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ भने ५ प्रतिशत सेयर सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको छ।
यसैगरी कम्पनीले कुल कित्ताको १० प्रतिशत सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँड गरिसकेको छ ।
सर्वसाधारणले २४ लाख २७ हजार ७५० कित्तामा आवेदन दिन पाउने व्यवस्था गरिएकोमा यस आईपीओमा १३ लाख २४ हजार ४११ आवेदकबाट कुल ३ करोड १२ लाख ५६ हजार ९२० कित्ता सेयर माग भएको थियो ।
यो आइपिओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ । यस कम्पनिको आइपिओमा भाग्यमानी १ लाखले २१ हजार ३८७ आवेदकले २० कित्ताका दरले सेयर पाउनेछन्।