22.6 C
Nepal
Thursday, September 19, 2024

किसानको दबाव सामु झुक्यो सरकार

रासायनिक मलमा गरिएको अनुदान कटौतीको व्यापक विरोध भएपछि सरकार सो निर्णयबाट पछि हटेको छ । सोमबार सरकारले कृषि तथा पशुपक्षी विकास मन्त्रालयको विषयगत समितिले गरेको निर्णय रोक्दै रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने निर्णय गरेको हो ।

सोमबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले रासायनिक मलमा दिँदै आएको अनुदान कटौती नगरी यथावत् राख्ने निर्णय गरेको हो । सरकारले यसअघि आर्थिक भार अत्यन्तै ठूलो भएको भन्दै रासायनिक मलमा दिँदै आइएको अनुदान कटौटी गर्न अलोकप्रिय निर्णय गरेको थियो । 

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here