आज भदौ ३१ गते नेप्सेमा सुचिक्रित ३ कम्पनीको हकप्रद सेयरमा आवेदन दिने अन्तिम दिन रहेको छ।
अरुण काबेली पावर, सिनर्जी पावर डेभलपमेन्टर र मल्टीपर्पस फाइनान्स गरी तीन कम्पनिको हकप्रदमा आवेदन दिने अन्तिम मिती आज बैंकिङ समयसम्म मात्र रहेको छ ।
अरुण काबेलीले गत भदौ ११ गतेबाट चुक्तापुँजी १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० रुपैयाँको १०० प्रतिशत अर्थात १ः१ अनुपातमा १०० अंकित दरका कुल १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद सेयर जारी गरेको थियो ।
यस कम्पनिको हकप्रदमा असार २४ गतेसम्म कायम सेयरधनीले यो हकप्रदमा भर्न पाउनेछन ।
त्यस्तै, सिनर्जी पावर डेभलपमेन्टले गत भदौ ३ गतेबाट हकप्रद सेयर बिक्री खुला गरेको थियो। यो हकप्रदमा आबेदन दिने आज भदौ ३१ गते अन्तिम दिन हो । आबेदकले आज बैंकिङ समयसम्म मात्र आवेदन दिन सक्नेछन ।
कम्पनीले हाल कायम चुक्तापुँजी ८० करोड ६५ लाख ७५ हजार रुपैयाँको २ः१ अनुपातमा १०० रुपैयाँ अंकित दरका कुल ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद हकप्रद सेयर बिक्री खुला गरेको अवस्था छ।
यस कम्पनिको हकप्रदमा गत साउन ११ गतेसम्म कायम सेयरधनीहरुले मात्रै यो हकप्रदमा आवेदन दिन पाउनेछन्।
त्यस्तै, मल्टीपर्पस फाइनान्स कम्पनीले सेयरधनीहरुलाई चुक्तापुँजी ४५ करोड २० लाख रुपैयाँको ३५ प्रतिशत अर्थात १ः०.३५ अनुपातमा १०० अंकित दरमा कुल १५ लाख ८२ हजार कित्ता हकप्रद सेयर हकप्रद सेयर खुला गरेको छ ।
यस कम्पनिको हकप्रदमा गत साउन ११ गतेसम्म कायम सेयरधनीहरुले यो हकप्रद सेयरमा खरिद आवेदन दिन पाउनेछन्।
यी तीनै कम्पनीका सेयरधनीहरुले यो हकप्रदमा नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा सदस्यता प्राप्त बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाहरुबाट खरिद आवेदन दिन सक्नेछन्। सीडीएससीको मेरो सेयरबाट पनि अनलाइन खरिद आवेदन दिन सकिनेछ।