23.7 C
Nepal
Friday, September 20, 2024

मार्जिन र इन्ट्रा डे ट्रेडिङ चाडै ल्याउछु : अध्यक्ष हमाल

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले केही हप्तामै मार्जिन ट्रेडिङ र चाडै इन्ट्राडे ट्रेडिङको निती लागु गर्ने बताएका छन ।

नेपाल आर्थिक पत्रकार मञ्च (नाफिज) को ‘ आर्थिक मन्दीमा पूँजीबजार : सम्भावना र चुनौती विषयक’ अन्तरक्रिर्या कार्यक्रममा बोल्दै अध्यक्ष हमालले ब्रोकर कमिसन घटाइने बताउदै भने, ‘ब्रोकरहरुको सेवामा जुन उच्च पूँजी छ त्यसको सदुपयोग र स्थायित्वको लागि केहि सेवा थप्नुपर्छ भन्नेमा आफु लागेको र ब्रोकर कमिसन घट्ने बेलामा ब्रोकरहरुको सेवाको ‘स्कोप अफ वर्क’ पनि बढाउने छु ।’ उनले सेबोनको कमिसन पहिला घटाएर मात्र ब्रोकर कमिसन घट्ने पनि बताए ।

अध्यक्ष हमालले १० कित्ते नीति अध्ययन गरेर पुनरावलोकन गर्ने भन्दै उनले १० कित्ते निती हटाउने सङ्केत गरे । उनले भने ‘समय सापेक्ष सकारात्मक नीतिलाई अघि बढाउने र नकारात्मक पक्षलाई हटाउँदै अघि बढ्ने छु ।’ अध्यक्ष हमालले १० कित्ते नीति अध्ययन गरेर पुनरावलोकन गर्ने भन्दै ।

अध्यक्ष हमालले लगानीकर्तामा वित्तिय साक्षरताको लागि आबस्यक पहल गर्ने बताए । प्रिमियममा आइपिओ निष्काशन, हाइड्रोमा राइट शेयर अनुमति तथा प्रमोटर लकिङ पिरीयडको सम्वन्धमा ठोस प्रावधान उद्घोष गरेका छन ।

अध्यक्ष हमालले सार्वजनिक निष्काशन बुक बिल्डिङ विधिमा छिट्टै ‘ब्रेक थ्रु’ हुने बताएका छ्न ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here