23.7 C
Nepal
Friday, September 20, 2024

सिड इनर्जीले प्रिमियममा आईपीओ ल्याउने अजेन्डा सहित वार्षिक साधारणसभा डाक्यो

सिड इनर्जी लिमिटेडले आफ्नो दोस्रो वार्षिक साधारणसभा डाकेको छ। कम्पनीको मुख्य अजेन्डा प्रिमियममा आईपीओ ल्याउने रहेको छ ।

कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो असोज १७ गते पुल्चोकस्थित होटेल स्क्वायरमा दिउँसो २ बजेबाट हुने निर्णय गरेको छ ।

सभाले कम्पनीको अधिकृत पुँजी र जारी पुँजी वृद्धि गर्ने र सोहीबमोजिम प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने विशेष प्रस्ताव अनुमोदन गर्ने र २०७९–८०को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ।

वार्षिक साधारणसभाले कम्पनीको प्रबन्धपत्र तथा प्रचलित धितोपत्रसम्बन्धी कानुनमा भएको व्यवस्थाबमोजिम सर्वसाधारणलाई छुट्याएको सेयर सार्वजनिक निष्कासन गर्ने विशेष प्रस्ताव समेत पारित गर्नेछ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here