20 C
Nepal
Monday, September 29, 2025

बलेफी हाइड्रोपावरले १००% हकप्रद अजेन्डा सहित डाक्यो वार्षिक साधारणसभा

spot_imgspot_imgspot_img

बलेफी हाइड्रोपावर लिमिटेडले वार्षिक साधारणसभा बोलाएको छ । कम्पनिले दुई आर्थिक बर्षको साधारसभा यही बर्ष बोलाएको हो ।

कम्पनिले नक्सालस्थित आम्रपाली ब्यांक्वेटमा बिहान ११ः३० बजेबाट सुरु हुनेगरी कम्पनीको दसौँ र एघारौँ वार्षिक साधारणसभा आउँदो असोज १८ गते आयोजना गर्ने भएको हो ।

सभाले १ः१को अनुपात अर्थात १०० प्रतिशत हकप्रद जारी गर्ने निर्णय अनुमोदन गर्नेछ।

सभाले कर्जा सीमा वृद्धिको स्वीकृति गर्ने विशेष प्रस्ताव, आर्थिक वर्ष २०७७–७८ र २०७८–७९को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत तथा सञ्चालक समितिको पुनर्गठन तथा साधारणरण र स्वतन्त्र सञ्चालकको नियुक्ति गर्ने प्रस्ताव पारित गर्नेछ।

कम्पनीले आउँदो असोज ५ गते बुक क्लोज गर्ने निर्णय गरेकोले हकप्रदका लागि योग्य हुन असोज ४ गतेसम्म सेयरधनीहरुमात्रै भईसक्नु पर्ने छ ।

कम्पनी सञ्चालक समितिको गत साउन २ गते बसेको बैठकले चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको थियो। यसअघि गत फागुन १२ गते बसेको सञ्चालक समितिलेको बैठकले चुक्तापुँजीको ५० हकप्रद सेयर जारी गर्ने निर्णय गरेको भएतापनी यसरी उठ्ने पैसाले बैंकको कर्जा कम गर्न नपुग्ने भएकोले आकार बढाउनुपरेको कम्पनीले भनाइ रहेको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here