22.9 C
Nepal
Tuesday, September 17, 2024

निरंकुश राजतन्त्रका दलालहरूले नेतामाथि खुकुरी प्रहार गर्न थाले: प्रधानमन्त्री

प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निरंकुश राजतन्त्रका दलालहरूले लोकतान्त्रिक आन्दोलनका नेतामाथि खुकुरी प्रहार गरेको बताएका छन्।

सत्तारूढ नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि गत भदौ २० गते भृकुटीमण्डपमा श्यामबहादुर सापकोटाले खुकुरी प्रहार गरेपछि ‘नेपाल हिन्दु राष्ट्र हुनुपर्ने, राजतन्त्र जीन्दावाद’ जस्ता नारा लगाएका थिए।

प्रधानमन्त्री दाहालले सन्देश सभामा भने, ‘हामी कमजोर देखिएपछि कसरी प्रतिक्रान्तिकारीहरूको मनोबल उठ्दो रहेछ? एक-दुई जना भए पनि गर्जन गरेर! अस्ती काठमाडौंमा तपाईंहरूले देख्नुभयो- खुकुरी हान्ने। निरंकुश राजतन्त्रका दलालहरू, भ्रष्टहरूले लोकतान्त्रिक आन्दोलनका नेतामाथि खुलेआम खुकुरी प्रहार गर्ने घटना सामान्य एउटा घटना मात्र होइन।’

‘केही समयपछि राष्ट्रियता, जनतन्त्र, जनजीविकाका विषयलाई लिएर लाखौं जनतालाई सडकमा ल्याउनुछ,’ उनले भने, ‘ती प्रतिक्रान्तिकारी र दक्षिणपन्थी निरंकुशतावादी तथा सामान्ती र दलालको सातो जाने गरी जनताको तागत बढाउनुछ।’

परिवर्तनका सम्बाहकलाई अपमानित गर्ने काम भइरहेको उनले बताए। ‘हामीलाई अपमानित गर्न खोज्ने, घेरा हाल्न खोज्ने, जनताको त्यत्रो त्याग र बलिदानबाट ल्याएको परिवर्तनलाई अपमानित गर्न खोज्ने प्रवृत्तिलाई परास्त गर्नुपर्छ,’ प्रधानमन्त्री दाहालले भने।

आफुहरु चुप लागेकोले = सामाजिक सञ्जालमा पनि हेर्नै नसकिने गरी भिडिओ तथा कुराहरू लेख्न थालिएको उनको भनाइ छ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here