22.6 C
Nepal
Thursday, September 19, 2024

माण्डु हाइड्रोपावरको आईपीओ बाँडफाँड, साढे ८ लाख बढीको हात खाली

माण्डु हाइड्रोपावर लिमिटेडको आईपीओ आज बाँडफाँड भएको छ।

धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलले माण्डु हाइड्रोपावरको आईपीओ बिहान साढे ९ बजे क्यापिटलको कार्यालयमा बाडफाड गरिएको हो ।

कम्पनीले गत भदौ १० गतेदेखि भदौ १३ गतेसम्म सर्वसाधारणका लागि प्रिमियममा आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित मुल्यमा प्रतिकित्ता १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ कुल १३ लाख ६ हजार ३०६ कित्ता आईपीओ बिक्री खुला गरेको थियो।

सर्वसाधारणका लागि जारी गरिएको कुल कित्तामध्ये कम्पनीले कर्मचारीलाई र सामुहिक लगानी कोषलाई छुट्याएर र बाँकी रहेको १२ लाख ५ हजार ३२० कित्ता सेयरमा सर्वसाधारणलाई निस्कासन गरिएको थियो ।

क्यापिटलका अनुसार कुल १० लाख १६ हजार ७१४ आवेदकबाट १ करोड १० लाख ८९ हजार ५०० कित्ता सेयर माग भएकोमा १ लाख ४१ हजार २९६ आवेदकबाट परेको १६ लाख ३६ हजार २२० कित्ता सेयर रद्द भएको छ।

प्रमाणित कुल ८ लाख ७५ हजार ८१४ आवेदकमध्ये ८ लाख ७२ हजार ८३७ आवेदकबाट परेको ९४ लाख १७ हजार ८७० कित्ता सेयरमात्रै सदर भएको छ भने बाँकी २ हजार ५८१ आवेदकबाट परेको ३५ हजार ४१० कित्ता बदर भएको छ।

गोलाप्रथाबाट बाँडफाँड गरिएको यस आइपिओमा भाग्यमानी १ लाख २० हजार ५३२ आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्।

यो आईपीओमा साढे ८ लाख बढीको हात खाली भएको छ। सदर आबेदक मध्ये भने यस आइपिओमा ७ लाख ५२ हजार ३०५ आवेदकको हात खाली भएको देखिन्छ ।

यो आईपीओको अन्तिम नतिजा धितोपत्र बिक्री प्रबन्धक र आईपीओ निष्कासनकर्ता कम्पनी तथा सीडीएससीको iporesult.cdsc.com.np मा हेर्न सकिनेछ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here