25.2 C
Nepal
Wednesday, February 5, 2025

नेपाल रिपब्लिक मिडियाले कमायो १३ लाख २४ हजार रुपैयाँ नाफा

नेपाल रिपब्लिक मिडियाले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार चौथो त्रैमासमा कम्पनीले १३ लाख २४ हजार रुपैयाँ नाफा आर्जन गरेको हो। यही अवधिमा अघिल्लो वर्ष कम्पनी ४ करोड ८२ लाख रुपैयाँ घाटामा रहेको थियो।

समीक्षा अवधिमा कम्पनीले २६ करोड १ लाख रुपैयाँ आम्दानी गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा २८.३६ प्रतिशतले बढी हो।

कम्पनीको सञ्चालन मुनाफा अघिल्लो वर्ष २ करोड ५८ लाख रुपैया रहेकोमा यस समीक्षा अवधिमामा १७७..०३ प्रतिशतले बढेर ७ करोड १५ लाख रुपैयाँ भएको छ।

चुक्तापुँजी ९६ करोड ७५ लाख रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ०.१४ रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीको ईपीएस १०.४६ रुपैयाँले ऋणात्मक थियो।

कम्पनीको प्रतिसेयर नेटवर्थ ८८.५३ रुपैयाँ रहेको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here