चीनमा सरकारी कर्मचारीले आइफोन प्रयोगमा प्रतिबन्ध लगाएको खबर बाहिरिएपछी दुईदिन निरन्तर अप्पलको सेयर मुल्य घटेको छ ।
पछिल्लो दुई दिनमा कम्पनीको सेयर मुल्य करिब ६ प्रतिशतले घटिसकेको छ ।
चीन एप्पलका लागि तेस्रो ठूलो बजार हो। गत वर्षको कुल आम्दानी ३९४ बिलियन डलरमा चीनको हिस्साको १८ प्रतिशत थियो। एप्पलका अधिकांश उत्पादन पनि चीनमा उत्पादन हुन्छन्। सरकारी कर्मचारीमाथिको प्रतिबन्धपछी आईफोनको बिक्री चीनमा ५ प्रतिशत भन्दा बढीले घट्ने अनुमान गरिएको छ ।
दुई दिनअघि वाल स्ट्रिट जर्नलले आफ्नो एउटा रिपोर्टमा चीनले अमेरिकी कम्पनी एप्पललगायत अन्य देशका डिभाइसको प्रयोगमा प्रतिबन्ध लगाएको जनाएको थियो। तर, यो प्रतिबन्ध सरकारी कर्मचारीलाई मात्र लागू हुनेछ। ती उपकरण कार्यालयमा ल्याउन र चलाउनलाई रोक्दै त्यस्ता उपकरण नचलाउन निर्देसन दिएको छ ।
चिनियाँ सरकारले आफ्ना अधिकारीहरुलाई आफ्नै देशको उत्पादन प्रयोग गर्न भनेको छ। रिपोर्टका अनुसार चीनले एप्पलबाहेक कुनै पनि फोन निर्माताको नाम राखेको छैन। –एजेन्सी