22.6 C
Nepal
Thursday, September 19, 2024

नागरिक लगानी कोष ३३औँ वर्षमा प्रवेश

नागरिक लगानी कोष स्थापनाको ३३औँ वर्षमा प्रवेश गरेको छ । बचतमा प्रोत्साहन गरी लगानी बढाउने, अवकाश कोष तथा सामाजिक सुरक्षाका कार्यक्रम सञ्चालन गर्ने र पुँजी बजारमा गतिशीलता ल्याउने उद्देश्यले २०४८ सालमा स्थापना भएको कोषले हालसम्म रु दुई खर्बभन्दा बढी लगानी गरिसकेको जनाएको छ। आज काठमाडौँमा एक कार्यक्रमको आयोजना गरि उक्त कोषले आफ्नो वार्षिकोत्सव मनाएको हो ।

कार्यक्रममा अर्थमन्त्रालका राजस्व सचिव डा.राम प्रसाद घिमिरले नागरिक लागनी कोषले संचालन गरेको अनलाइन प्रणालीको बिकासले कोषको कारोवारमा सहजता आएको बताएका छन । कोषको ३३ औँ वार्षिकोत्सव कार्यक्रमको प्रमुख अतिथि रहेका घिमिरले विद्युतिय सरकारी लेखा प्रणालीबाट तथ्याकं लिन थालेपछि त्रुटि कम हुन थालेको बताए । उनले अन्य प्रतिस्पर्धी संस्थाको तुलनामा कोष प्रति आकर्षण बड्दो क्रममा रहेको धारणा पनि त्यस अवसरमा राखे । 

कार्यक्रममा कोष संचालक समितिका अध्यक्ष प्रा.डा.सूर्य बहादुर थापाले कोषले आफुलाई अझ सुदृढ बनाउदै राष्ट्रिय आकांक्षा पुरा गर्ने तर्फ कार्य गरिरहेको बताए । उनले भोलिको दिनमा देशको आर्थिक बृद्धिदरमा टेवा पु¥याउने एवं रोजगारी सिर्जन गर्न कृर्षि, पर्यटन,उर्जा र पूर्वाधार निर्माण जस्ता उत्पादनशिल क्षेत्रमा लगानीलाइ विस्तार गर्दै लैजानुपर्नेमा जोड दिए । उनले कर्मचारी विनियमावली अगाडि बढेको, कोषको स्रोत,साधन अनुसार कार्यरत कर्मचारीको सेवा सुविधा परिमार्जन हुँदै आएको बताए । 

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here