17.8 C
Nepal
Wednesday, February 5, 2025

एकमहिनामा जीवन बीमा कम्पनीको झण्डै दस हजार पोलिसी सरेण्डर, जिबन बिमाको ब्यापार खस्किने क्रम जारी…

नेपाल बीमा प्राधिकरणको तथ्याङ्कअनुसार साउन महिनामै ९ हजार ७८९ वटा पोलिसी सरेण्डर भएका छन् ।

यस अबधिमा बिमितले १ अर्ब २८ करोड रुपैयाँ बढीको बीमा पोलिसी सरेन्डर गरेका छन ।

बीमितले बीमा गरेको न्यूनतम ३ वर्षपछि पोलिसी बन्द चाहेमा बीमितले तिरेको बीमाशुल्क र बोनस रकम एकमुष्ट बीमितलाई दिने गरेको छ ।

यस अबधिमा आर्थिक सङ्कटका कारण अवधि नसकिदैं सरेन्डर ठुलो सङ्ख्याको र ठुलो रकमको पोलिसी सरेन्डर हुन थालेको छ ।

गत आर्थिक वर्ष २०७९–८० मा पनि १ लाख ४ हजार ४०६ वटा पोलिसी सरेन्डर भएको छ ।

यस अबधिमा सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ३ हजार ३२४ बीमितले पोलिसी सरेन्डर भएका छ ।

दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपालको २ हजार २४ बीमितले ३१ करोड २५ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर गरेको पाइएको छ ।

यस्तै, हिमालयन लाइफका ९८८ बीमितले १२ करोड २२ लाख, राष्ट्रिय बीमा संस्थानका ८६२ बीमितले १० करोड ३२ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर गरेका छन् ।

साउनमा सूर्यज्योति लाइफका ४०८ बीमितले ७ करोड ४६ लाख रुपैयाँ, एशियन लाइफका ७४४ बीमितले ५ करोड ८४ लाख, नेशनल लाइफका २९१ बीमितले ४ करोड ५५ लाख, मेट लाइफका ४६८ बीमितले ४ करोड ३९ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर गरेका छन् ।

त्यस्तै सानिमा रिलायन्सका १८० बीमितले १ करोड ५१ लाख, सिटिजन लाइफका १७६ बीमितले १ करोड १४ लाख, आइएमई लाइफका १३३ बीमितले ९९ लाख, रिलायवल नेपालका १६२ बीमितले ९० लाख र प्रभु महालक्ष्मी लाइफका २५ बीमितले ३५ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर गरेका हुन ।

साउनमा सन नेपाल लाइफका बिमितले सबै भन्दा कम अर्थात १३ बीमितले ११ लाख रुपैयाँ बराबरको पोलिसी बन्द गराएका छन् ।

बीमितले निश्चित अवधिमा तोकेर बीमा गरेतापनी उक्त अबधीभन्दा पहिला नै पोलिसी बन्द गरेर आफ्नो रकम लिन्छन् भने, त्यसलाई सरेन्डर भनिन्छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here