17.8 C
Nepal
Wednesday, February 5, 2025

ठुला चोकका आकाशे पुलमा लिफ्ट जडानको योजना अघी बढ्यो , यही बर्ष सक्ने महानगरको तयारी

काठमाडौं महानगरपालिकाले तीन ठुला चोकमा रहेका आकाशे पुलमा लिफ्ट जडान गर्ने निर्णय गरेको छ ।

महानगरपालिकाले चाबहिल, नयाँ बानेश्वर र पुरानो बसपार्क अघि (विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयको अगाडि) रहेका पुलहरुमा अत्याधुनित लिफ्ट जडान गर्न आबस्यक प्रकृया अगाडि बढाएको छ । अपांग तथा वद्धवृद्धाका लागि आकासे पुल असहज भएको निस्कर्ष सहित अपांग तथा वद्धवृद्धाका लागि सहज होस भनेर पहिलो चरणमा धेरै भिडभाड हुने क्षेत्रमा लिफ्ट जडान गर्न लागिएको हो ।

महानगरले आकाशेपुललाई हरेक किसिमले पैदलयात्री मैत्री बनाउनका लागि लिफ्टको जडान गर्न लागेको हो।

ह्विलचियर प्रयोगकर्ता, बृद्धबुद्धा, बालबािलकाहरुले पनी अरु कसैको सहयोग नलीई आकाशे पुललाई प्रयोग गर्न मिल्ने बनाउने निती अन्तर्गत यि लिफ्ट बनाइदै छ ।

यस कार्यका लागि लागत ४ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । कुल बजेट ५ करोड छुट्याइएको भएतापनी ४ करोड रुपैयाँ लिफ्ट जडान गर्न र अन्य बाँकी रहेको रकमबाट पुलमा सजावट, सुरक्षालगायतका कार्यहरु गर्ने योजना महानगरको रहेको छ ।

आकाशे पुलको एक पट्टिको भागमा लिफ्ट जडान हुनेछ । एउटा पुलमा दुई लिफ्ट (एक सेट लिफ्ट) जडान गरिनेछ । चाबहिलमा रहेको आकाशे पुल र विद्युत प्राधिकरणको कार्यालयअघि रहेको आकाशे पुलको एकापट्टिको भाग खाली नै रहेकाले त्यहाँ लिफ्ट जडान गर्नका लागि ल्याडिङ हटाउन पर्दैन । बानेश्वरमा रहेको आकाशे पुलमा भने एकपट्टिको ल्याण्डिङलाई हटाएर लिफ्ट जडान हुने छ ।

हाल डिपिआर तयार भईरहेको यो योजना दशैंभन्दा अघि नै ठेक्का प्रकृया सुरु गर्ने योजना सहित काम भईरहेको छ । यो लिफ्ट जडान गर्ने कार्य यही आर्थिक बर्ष सकिने छ ।

यो लिफ्ट सन्चालन गर्न सुरुमा महानगर प्रहरी खटाउने महानगरको तयारी रहेको छ ।

लिफ्ट बनिसकेपछी बालबालिका, बृद्धबृद्धा, अपांगलगायतका मानिसहरुले पनि सजिलै आकासे पुल प्रयोग गर्न सक्नेछन । हाल यस्ता मानिसका लागि यो आकासे पुल प्रयोगमा कठिनाई हुने गरेको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here