25.5 C
Nepal
Monday, September 29, 2025

भगवती हाइड्रोपावरको प्रिमियममा आईपीओमा आबेदन दिने आज अन्तिम दिन ,१७ गुणाले ओभरसब्स्क्राइब्ड

spot_imgspot_imgspot_img

भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सर्बसाधारणका लागि खुलेको आईपीओमा आज भाद्र ८ गतेसम्म मात्र आबेदन दिन सकिनेछ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन तथा बाँडफाँट गरेपछी सर्वसाधारणका लागि प्रिमियममा आईपीओ खुल्ला गरेको हो।

कम्पनीले १०० रुपैयाँ अंकित दरमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता कुल ११६ रुपैयाँमा ८ लाख ५८ हजार ९७ कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो ।

कम्पनिको आइपिओमा ७ लाख १२ हजार २२० कित्ता जारी गरिएको भएतापनी हिजो बेलुका ७ गते बेलुका ५ बजेसम्मको सिडीएससीको विवरण अनुसार १ करोड २१ लाख २४ हजार २२० बिस कित्ता आइपिओमा आबेदन परेको छ । यो भनेको १७ गुणा ओभरसब्स्क्राइब्ड हो ।

माग भन्दा बढी आइपिओ परेकोले यो आइपिओमा गोलाप्रथाद्वारा आइपिओ बाडफाड गरिनेछ ।

यो कम्पनिको आइपिओमा न्यूनतम १० कित्तादेखी अधिकतम ५००० कित्तासम्म आबेदन दिन सकिन्छ ।

कम्पनिको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।

कम्पनीलाई केयर एनपि त्रीपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here