23.7 C
Nepal
Friday, September 20, 2024

भिजन लुम्बिनी ऊर्जाले आईपीओको लागि अनुमति पायो, ३८ लाख भन्दा धेरै कित्ता सेयर जारी गर्ने

भिजन लुम्बिनी ऊर्जा कम्पनीले आईपीओ निष्कासन गर्नका लागि धितोपत्र बोर्डबाट अनुमति पाएको छ।

नेपाल धितोपत्र बोर्डले भदौ ५ गते कम्पनिलाई अनुमती प्रदान गरेको हो । कम्पनीले जारी पुँजी १ अर्ब ९१ करोड २५ लाख रुपैयाँको २० प्रतिशतले हुन आउने ३८ करोड २५ लाख रुपैयाँबराबरको ३८ लाख २५ हजार कित्ता साधारण सेयर निष्कासन गर्नका लागि धितोपत्र बोर्डले स्विक्रिती दिएको हो ।

कम्पनिले १० प्रतिशत साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि जारी गर्नेछ। त्यस्तै बाँकी १० प्रतिशतमध्येको १० प्रतिशत बिदेशिक रोजगार गरिरहेका नेपालीका लागि, ५ प्रतिशत सामुहिक लगानी कोष, २ प्रतिशत कम्पनीमा कार्यरत कर्मचारीका लागि र बाँकी १५ लाख ८७ हजार ३७५ कित्ता साधारण सेयर सर्वसाधारणहरुका लागि निष्कासन गर्नेछ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here