28 C
Nepal
Monday, September 29, 2025

आजदेखि प्रिमियममा भगवती हाइड्रोपावरको आईपीओ खुला,५००० कित्तासम्म आबेदन दिन सकिने

spot_imgspot_imgspot_img

भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओ निष्काशन सर्वसाधारणका लागि आजबाट खुला हुँदैछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन तथा बाँडफाँट पछ्यात सर्वसाधारणका लागि प्रिमियममा आईपीओ निस्कासन गर्दैछ ।

कम्पनिले प्रति सेयर १०० रुपैयाँ अंकित दरमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता कुल ११६ रुपैयाँमा ८ लाख ५८ हजार ९७ कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो ।
कति दिने आवेदन ?

कम्पनिमा न्यूनतम १० कित्ता देखी अधिकतम ५००० कित्ता सम्म आबेद दिन सकिन्छ ।

यस कम्पनिको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।

त्यस्तै आईपीओ निष्काशनको लागि केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपि त्रीपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here