20.6 C
Nepal
Thursday, September 19, 2024

माधव-बाबुरामलाई उन्मुक्ति दिएपछि रवि गृहमन्त्रीप्रती आक्रोशित भने- ठूलै गडबड छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ललिता निवास जग्गा प्रकरणमा सीआईबीलाई निर्णयकर्ता सबैको बयानविनाको अपूरो फाइल नबुझाउन ध्यानाकर्षण गराएका छन् ।

सो प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र डा. बाबुराम भट्टराईसहित निर्णय प्रक्रियामा सहभागीको बयान पनि नलीई सिआइबिले फाइल सरकारी वकिल कार्यालयमा बुझाउन खोजेपछी रबी लामिछाने गृहमन्त्रीप्रती आक्रोशित देखिन्छन ।

सभापति लामिछानेले फेसबुकमा लेखेका छन्, ‘सीआईबीले गैरकानूनी आदेश नसुनोस्, नमानोस् । ललिता निवास प्रकरणका निर्णयकर्ता सबैको बयान नै विनाको अपूरो अधूरो फाइल पेश नगरोस् । गृहमन्त्रीज्यु, केही त गडबड छ… ठूलै गडबड छ ।’

उनले गृहमन्त्रीले ठुलै गडबढ गरेको आशंका गरेका छन् । सत्ता गठबन्धनको बैठकले ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीहरूको बयान नलिने सहमति गरेर अनुसार सीआईबीलाई दबाब दिएको आरोप सरकारलाई लागिरहेको छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here