19.9 C
Nepal
Sunday, September 28, 2025

फरवार्ड माइक्रोफाइनान्सको ६४.८७%ले घट्यो नाफा, ईपीएसमा पहिरो

spot_imgspot_imgspot_img

फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७९–८० को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म संस्थाले २२ करोड १४ लाख रुपैयाँ खु्द नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा ६४.८७ प्रतिशतले कम हो।

यो अवधिसम्म संस्थाको सञ्चालन मुनाफा ६२.८० प्रतिशतले घटेर ३७ करोड ४३ लाख रुपैयाँमा सीमित बनेको छ।

संस्थाको खुद ब्याज आम्दानी १४.८६ प्रतिशतले घटेर १ अर्ब १५ करोड रुपैयाँ भएको छ।

संस्थाको खराब कर्जा अनुपात (एनपीएल) बढेर ४.२६ प्रतिशत पुगेको छ। खराब कर्जा बढ्दा संस्थाको इम्पेयरमेन्ट चार्ज बढेर ३५ करोड ७५ लाख रुपैयाँ पुगेको छ।

संस्थाले ८ अर्ब ४१ करोड रुपैयाँ सापटी लिई १९ अर्ब ३१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

संस्थाको रिजर्भको आकार २०.८९ प्रतिशतले बढेर १ अर्ब ८ करोड रुपैयाँ पुगेको छ।

संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) २०.९८ रुपैयाँ कायम भएको छ। । पीई रेसियो ६३ गुणा रहेको क्छ भने प्रतिसेयर नेटवर्थ २७६ रुपैयाँ रहेको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here