20.6 C
Nepal
Thursday, September 19, 2024

युनाइटेड मोदीले ३ करोड १२ लाख रुपैयाँ खुद नाफा कमायो

युनाइटेड मोदी हाइड्रोपावर लिमिटेड (UMHL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ३ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी १६.०९ प्रतिशत बढेर २९ करोड ४८ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, समीक्षा अवधिमा कम्पनीको कुल नाफा १७.२२ प्रतिशत बढेको छ भने अन्य आम्दानी ६१.५९ प्रतिशत घटेको छ। समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च २४.१३ प्रतिशत बढेको छ।

कम्पनीको प्रतिसेयर आम्दानी १ रुपैयाँ २७ पैसा बढेर २ रुपैयाँ ५४ पैसा पुगेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १०३ रुपैयाँ ९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ८३.८५ गुणा रहेको छ।

यस कम्पनीको जगेडा कोषमा ३ करोड ८० लाख रुपैयाँ रहेको छ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here