29.1 C
Nepal
Wednesday, September 18, 2024

लघुवित्त बचाउन माग गर्दै महिलाहरुले गरे विराटनगरमा  प्रदर्शन

लघुवित्त संस्था नै धरासायी हुने गरी भएका गलत कार्य रोक्न माग गर्दै कोसी प्रदेशको राजधानी विराटनगरमा प्रदर्शन भएको छ । विभिन्न लघुवित्त संस्थामा आवद्ध महिला सदस्यहरूले शुक्रबार जुलुस प्रदर्शन गर्दै लाखौं महिला संलग्न संस्था नै धरासायी हुने गतिविधि रोक्न भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।
 
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बैंकिङ र लघुवित्त क्षेत्रविरुद्ध अभिव्यक्ति दिएसँगै कर्मचारीहरूसमेत आक्रमणमा पर्न थालेका छन् । बनिबनाऊ संस्थाको संरचना ध्वस्त हुने देखिएपछि आफूहरू सडकमा उत्रन बाध्य भएको सहभागी महिलाले बताएका छन् ।
 
मोरङको कटहरी गाउँपालिकासहित आसपासका पालिकाबाट भेला भएका लघुवित्त संस्था सम्बद्ध महिलाले संस्था नै खराब हुन भन्ने ढंगको सन्देश दिने गरी भएका गतिविधिले आफूहरूको रोजीरोटीमा समेत असर पुग्ने बताएका छन् । सन्देशमुलक र दबाबमुलक प्लेकार्ड बोकेर सयौंको संख्यामा प्रदर्शनमा उत्रिएका उनीहरूले लघुवित्तको सेवा प्रवाहबाट नराम्रो भन्दा धेरै राम्रो धेरै भएकाले सरकारले ध्यान दिनुपर्ने नारा लगाएका थिए ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here