21.2 C
Nepal
Monday, September 16, 2024

यस्तो पनि कम्पनी ? बुक भ्यालु १ रुपैया – कारोबार मुल्य १६१!

सेयर बजारमा कारोबार भईरहेका कम्पनीहरु मध्ये एउटा यस्तो पनी कम्पनी कारोबारमा रहेको पाइएको छ जसको बुक भ्यालु १.११ रहेको छ । बुक भ्यालु वा नेटवर्थ १.११ हुनु भने कम्पनिको सबै सम्पत्तिमा सबै दाहित्व घटाउदा सेयर्धनिको प्रतिसेयर सम्पती १.११ हुनु हो ।

यस्तो कम्पनिको नाम हो दिब्यसवरी हाइड्रोपावर लिमिटेड (DHPL) ।

यसको अर्थ यो कम्पनी घाटामा हैन महाघाटा रहेको देखिन्छ । कम्पनिको प्रतिसेयर चुक्तापुजी १०० मा लगभग ९९ रुपैया घाटा भएको देखिन्छ ।

यो कम्पनिको ईपियस माइनस १४।४९ रहेको छ भने प्राइस टु अर्निङ रेसियो माइनस ११।११ रहेको छ ।

कम्पनिको कुल चुक्ता पुजी २६ करोड चालिस लाख ( २,६४०,००,०००) रहेकोमा २६ करोड १० लाख ६९ हजार ६०० (२६,१०,६९,६००) हाराहारी रकम कम्पनी घाटामा रहेको देखिन्छ ।

हो , यही महाघाटाको दिब्यसवरी हाइड्रोपावर लिमिटेडको सेयर १६१ रुपैयामा बजारमा कारोबार भईरहेको पाइएको हो ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here