15.6 C
Nepal
Thursday, November 13, 2025

सानिमा मिडिल तमोर हाइड्रोपावरको आइपीओ बिक्री खुला

spot_imgspot_imgspot_img

सानिमा मिडिल तमोर हाइड्रोपावर कम्पनी लिमिटेडले आज (फागुन २६) गते शुक्रबारदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ। कम्पनीले जारी पुँजी ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँको १५% (८९ करोड ९८ लाख ७५ हजार रुपैयाँ बराबरको ४९ लाख ९८ हजार ७५० कित्ता) सेयरलाई आइपिओ  मार्फत बिक्रीमा ल्याएको हो।

जस मध्य १०% (४ लाख ९९ हजार ८७५ कित्तां) सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि र ५ %  २ लाख ४९ हजार ९३६ कित्ता सेयर सामूहिक लगानी कोषहरुको लागि बाँडफाँट गरिसकिएको छ।

सबैलाई छुटाएको बाहेक बाँकी ४२ लाख ४८ हजार ९३८ कित्ता सेयर कम्पनीले ]सर्वसाधारणका लागि बिक्री खुला गरेको हो। 

न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। 

कहिलेसम्म दिने आवेदन ?

फागुन  २६ देखि फागुन ३० गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा सबै सेयर बिक्री नभएमा चैत १० गतेसम्म आवेदन दिन सकिने छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here