25.5 C
Nepal
Monday, September 29, 2025

नबिल बैंकको नाफा ७६.८६% र ईपीएस ४९.२५%ले बढ्यो

spot_imgspot_imgspot_img

नबिल बैंक लिमिटेड गत आर्थिक वर्ष २०७९–८० को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

बैंकले समीक्षा अवधिसम्ममा ७ अर्ब ५२ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको छ।यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ७६.८६ प्रतिशत बढी हो।

नबिल बैंकको खुद ब्याज आम्दानी १०१.६३ प्रतिशतले बढेर १७ अर्ब ९८ करोड रुपैयाँ भएको छ।

समिक्षा अबधिमा नबिल बैंकको सञ्चालन मुनाफा ७५.३६ प्रतिशतले बढेर ११ अर्ब १ करोड रुपैयाँ रहेकोे छ।

त्यस्तै एनपीएल ०.६४ प्रतिशतबाट बढेर १.२३ प्रतिशत पुगेको छ। इम्पेयरमेन्ट चार्ज बढेर ३ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ।

कम्पनिको वितरणयोग्य मुनाफा ३ अर्ब ९६ करोड १० लाख रुपैयाँ रहेको छ । बैंकको प्रति सेयर लाभांस दिने क्षमता १४ रुपैयाँ ६४ पैसा रहेको देखिन्छ ।

बैंकको प्रति सेयर आम्दानी १८।६४ रुपैयाँबाट २७ रुपैयाँ ८२ पैसा पुगेको छ । भने बैंकको प्रतिशेयर नेटवर्थ २१४ रुपैयाँ ६९ पैसा रहेको देखिन्छ ।

बैंकको जगेडा कोषमा ३१ अर्ब ३ करोड १८ लाख रुपैयाँ रहेको देखिन्छ ।

समीक्षा अवधिमा बैंकले ३ खर्ब ९६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब ३२ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here