19.3 C
Nepal
Wednesday, September 18, 2024

महानगर र राप्रपाबीच २१ दिनभित्र पार्टी कार्यालय खाली गर्ने सहमति

राप्रपा र काठमाडौं महानगरपालिकाबीच २१ दिनभित्र धुम्बाराहीस्थित कार्यालय रहेको घर खाली गर्ने सहमति भएको छ ।

यसअघि महानगरले गत शुक्रबार कार्यालय खाली गर्न ३ दिनको समय दिएको थियो ।

दिएको समयभित्र रा.प्र.पा ले कार्यालय खाली नगरेपछि महानगरले सोमबार उक्त भवनमा डोजर लगाउने भन्दै डोजर लगेर रा.प्र.पा कार्यालय गएको थियो । तर राप्रपाका कार्यकर्ताहरुले कार्यालय भत्काउन नपाइने भन्दै सडकमा गाडी तेर्स्याएर बिरोध गरे पछी डोजर लगाउनबाट महानगर पछी हटेको थियो ।

बिजुलीको हाइटेन्सन लाइनमुनि घर बनाइएको र नक्सापास नरहेको भन्दै महानगरले घर भत्काउने तयारी गरेको थियो ।

त्यसपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंको समन्वयमा राप्रपाका नेता र महानगरबीच छलफल भएको थियो । त्यसक्रममा २१ दिनभित्र घर खाली गर्ने सहमति भएको हो ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here