29.1 C
Nepal
Wednesday, September 18, 2024

हिमालयन लघुवित्तको ईपीएस ८०.६१%ले घट्यो, नाफामा ठुलो गिरावट

आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण हिमालयन लघुवित्त वित्तीय संस्था (साबिक सिभिल लघुवित्त)ले सार्वजनिक गरेको छ।

समीक्षा अवधिसम्म संस्थाले १ करोड ५३ लाख खुद नाफा कमाएको छ। अघिल्लो वर्षको यही अवधिसम्म संस्थाको खुद नाफा ७ करोड १४ लाख रुपैयाँ रहेको थियो। जुन अघिल्लो वर्षको तुलनामा ७८.५० प्रतिशतले कम हो। यसरी हेर्दा कम्पनिको नाफामा ठुलो गिरावट आएको छ ।

समीक्षा अवधिसम्म संस्थाको २ करोड १९ लाख रुपैयाँ संस्थाको सञ्चालन मुनाफा छ। सञ्चालन मुनाफा पनि ७९.०४ प्रतिशतले घटेको छ।

संस्थाले खुद ब्याज आम्दानीबापत २० करोड २३ लाख रुपैयाँ आर्जन गरेको छ। समीक्षा अवधिसम्म संस्थाले ३ अर्ब १७ करोड रुपैयाँ सापटी लिई ४ अर्ब ४३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। संस्थाको रिजर्भको आकार भने १७.४१ प्रतिशतले बढेको छ। हाल संस्थाको रिजर्भ ८ करोड ८० लाख रुपैयाँको उचाइमा पुगेको छ।

संस्थाको खराब कर्जा अनुपात (एनपीएल) बढेर २.३७ प्रतिशत पुगेको छ। एनपीएल बढ्दा संस्थाको इम्पेयरमेन्ट चार्ज बढेर १ करोड ३२ लाख रुपैयाँ पुगेको छ।

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ८०.६१ प्रतिशतले घटेर ४.८१ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १४.८१ रुपैयाँ थियो। पीई रेसियो भने १५६.७६ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १३४.८५ रुपैयाँ रहेको छ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here