25.3 C
Nepal
Monday, September 29, 2025

फर्स्ट माइक्रोफाइनान्सको नाफा घट्यो- जगेडा कोषमा ४३ करोड माथि

spot_imgspot_imgspot_img

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थ लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

यस लघुवित्तले गत आर्थिक वर्षको असार मसान्तसम्ममा १९ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो बर्ष यसले २५ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यसको अर्थ कम्पनिको नाफा घट्न गएको छ । रिपोर्ट अनुसार लघुवित्तको खुद फि तथा कमिशन आम्दानी घटेको देखिन्छ । यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी बढेको छ भने फि तथा कमिशन आम्दानी ४०.८२ प्रतिशत घटेको छ। त्यस्तै लघुवित्तको कुल सञ्चालन आम्दानी र सञ्चालन मुनाफा घटेको छ।

यो लघुबित्तको एनपीएल समीक्षा अवधि सम्म ०.६६ प्रतिशत रहेको छ। यस लघुबित्तको वितरणयोग्य मुनाफा १७ करोड ७१ लाख रुपैयाँ रहेको देखिन्छ ।

समिक्षा अबधिमा यस लघुबित्तको प्रतिसेयर आम्दानी (ईपीएस) ​ १७ रुपैयाँ १६ पैसा रहेको देखिन्छ । यस कम्पनिको प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ ८६ पैसा रहेको देखिन्छ ।

यस लघुबित्तको जगेडा कोषमा भने ४३ करोड ४६ लाख रहेको देखिन्छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here