21.7 C
Nepal
Thursday, September 19, 2024

मिड सोलु हाइड्रोपावरको आईपीओ बिक्री खुल्यो

आजबाट मिड सोलु हाइड्रोपावरले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुलेको छ।

कम्पनीको जारी पुँजी ७४ करोड ८४ लाख रुपैयाँको १० प्रतिशतले हुन आउने ७ करोड ४८ लाख ४० हजार रुपैयाँबराबरको सेयर स्थानियलाई बिक्री खुला गरेको छ। जसअनुसार कम्पनीले स्थानीयका लागि छुट्याइएको कुल कित्तामध्ये ५ लाख ६१ हजार ३०० कित्ता सेयर आयोजना अतिप्रभावित क्षेत्र सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नं. ३, ४, ५, ६, ७ र ११ का बासिन्दालाई जारी गरेको छ। बाँकी १ लाख ८७ हजार १ सय कित्ता सेयर आयोजना प्रभावित सोलुखुम्बु जिल्लामा बसोबास गर्ने स्थानीयका लागि बिक्री खुला गरिएको छ।

त्यस्तै आम सर्वसाधारणका लागि जारी गर्ने कुल ७ लाख ४८ हजार ४०० कित्ता सेयरमध्ये १० प्रतिशतले हुन आउने ७४ हजार ८४० कित्ता सेयरमा भने विदेशमा रहेका श्रमिकले आवेदन दिन पाउनेछन्।

यो आईपीओमा स्थानीय र विदेशमा रहेका श्रमिकले अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् भने न्युनतम १० कित्ता भर्न सक्नेछन ।

स्थानीयका लागि जारी हुने आईपीओको निष्कासन बन्दी छिटोमा साउन २८ गते र ढिलोमा भदौ ११ गते बैंकिङ समयपछि हुनेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले भने साउन २८ गतेसम्म आवेदन दिन पाउनेछन्।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here