21.7 C
Nepal
Thursday, September 19, 2024

साउनमा एनएमबि बैंकले १०.९८ प्रतिसत ब्याज दिने, चार्टर्डले सबैभन्दा कम ८.९५ प्रतिसत , कसको कती ब्याज ?

साउनका लागि बैंकहरुले ब्याजदर सार्वजनिक गरेका छन । भद्र सहमती टोडेपछी बैंकहरुले नयाँ ब्याजदर आफ्नै हिसाबले तोकेका छन ।

साउन १ देखि लागू हुने गरी पाँचवटा बैंकले ब्याज बढाएका छन् भने ९ वटाले घटाएका छन् । ६ वटा बैंकको ब्याजदर स्थिर छ ।

एनएमबी बैंकले सबै भन्दा बढी दिने भएको छ । बैंकले मुद्दति निक्षेपमा १०.९८ प्रतिशत र संस्थागतमा ७.९९ प्रतिशत ब्याज दिने जनाएको छ ।

यस्तै सबैभन्दा कम स्ट्यान्डर्ड चार्टर्ड बैंकको ८.९५ प्रतिशत छ । व्यक्तिगत मुद्दति निक्षेपमा ८.९५ प्रतिशत ब्याज दिने बैंकले संस्थागततर्फ ६.९५ प्रतिशत ब्याज दिने जनाएको छ ।

प्राइम बैंकले साउनमा व्यक्तिगततर्फ १०.९३ र व्यक्तिगततर्फ ८.९३ प्रतिशत, नबिल बैंकले व्यक्तिगततर्फ १०.४९, संस्थागततर्फ ८.४९ तथा कुमारी बैंकले व्यक्तिगततर्फ १०.०१ प्रतिशत र संस्थागततर्फ ७.५१ प्रतिशत ब्याजदर निर्धारण गरेका छन् ।

एनआईसी एसियाले व्यक्तिगत मुद्दती निक्षेपमा १०.९३ प्रतिशत पुर्‍याएको छ भने संस्थागत मुद्दती निक्षेपमा ८.९३ प्रतिशत तोकेको छ । साधारण बचतमा ६.०७ देखि ८.०७ प्रतिशत तोकिएको छ ।

नयाँ ब्याजदरमा १५ वटा बैंकको एकल अंकमा ब्याजदर छ । जसमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ९.९९, ग्लोबल आइएमई बैंकको व्यक्तिगत ९.९९ र संस्थागततर्फ ७.९९ प्रतिशत, लक्ष्मी सनराइज बैंकको व्यक्तिगततर्फ ९.९९ र संस्थागततर्फ ७.९९, नेपाल एसबिआई बैंकको व्यक्तिगततर्फ ९.९९ प्रतिशत र संस्थागततर्फ ७.९९ प्रतिशत तथा हिमालयन बैंकले व्यक्तिगततर्फ ९.९९ प्रतिशत र संस्थागततर्फ ७.९९ प्रतिशत ब्याज दिने भएको छ ।

त्यस्तै प्रभु बैंकले व्यक्तिगततर्फ ९.५ प्रतिशत र संस्थागततर्फ ७.५ प्रतिशत, सिद्धार्थ बैंकले व्यक्तिगततर्फ ९.५ प्रतिशत र संस्थागततर्फ ७.५, माछापुच्छ्रे बैंकले व्यक्तिगततर्फ ९ प्रतिशत र संस्थागततर्फ ७ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगततर्फ ८.९९ प्रतिशत र संस्थागत तर्फ ६.९९ प्रतिशत तथा नेपाल बैंकले व्यक्तिगततर्फ ८.९९ र संस्थागततर्फ ६.९९ प्रतिशत ब्याज दिनेछन् ।

सिटिजन्स बैंकले व्यक्तिगततर्फ ९.९९ र संस्थागततर्फ ७.९९ प्रतिशत, सानिमा बैंकले व्यक्तिगततर्फ ९.५२ र संस्थागततर्फ ७.५२, कृषि विकास बैंकले व्यक्तिगततर्फ ९.५१ र संस्थागततर्फ ७.५१ तथा एभरेष्ट बैंकले व्यक्तिगततर्फ ९.५ र संस्थागततर्फ ७.५ प्रतिशत बनाएको छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here