20.4 C
Nepal
Sunday, September 28, 2025

नेटवर्थ ६ रुपैया भएको कम्पनिको बजारमा १९० रुपैयामा कारोबार, के हेर्छन लगानिकर्ता -फस्नुहोला है

spot_imgspot_imgspot_img

बजारमा एउटा यस्तो हाइड्रोपावर कम्पनी छ । जुन कम्पनी घाटामा हैन महाघाटामा छ तर लगानिकर्तालाई थाहा छैन सायद । त्यसैले महँगोमा खरिदबिक्री भईरहेको छ बजारमा यो कम्पनिको सेयर । त्यो कम्पनिको नाम हो दिव्यसवरी हाइड्रोपावर लिमिटेड (DHPL) ।

उक्त कम्पनिको बुक भ्यालु अर्थात नेटवर्थ ६.७३ रुपैया रहेको छ । त्यो भनेको अहिले नेप्सेमा कारोबार भईरहेको कम्पनी मध्ये सबैभन्दा झन्डिमार कम्पनीको रुपमा ठुला लगानीकर्ताले ठान्दछन ।। यो कम्पनी कारोबर भईरहेको कम्पनिमध्ये सबै भन्दा बढी घाटामा रहेको कम्पनी हो भनेर मान्दा गलत हुँदैन ।

उक्त कम्पनीको सबै सम्पतीमा सबै ॠण घटाऊदा ६.७३ रुपैया प्रतिसेयर मात्र बाँकी हुन्छ ।

यो कम्पनिको चुक्ता पुजी २६ करोड ४० लाख हो भने रिजर्भ २४ करोड ६२ लाख घाटामा रहेको छ ।यसले कम्पनिको सबै सम्पत्ति स्वाहा यानिकी बालुवामा पानी हुन लागेको देखिन्छ ।

यो कम्पनिको प्रतिसेयर आम्दानी माइनस ११. ८२ रहेको छ । यस्ता कम्पनीहरु अन्तरास्ट्रिय बजारमा १५ -२० रुपैया हाराहारी कारोबार हुने अनुमान गरिन्छ ।

नोट : यो बाइसेल रेकोमेन्डेसन होइन । स्टक मार्केट जोखिमको बजार हो । खरिद बिक्री गर्नु अघी अध्ययन अनुसन्धान गर्नुहोला ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here