25.5 C
Nepal
Monday, September 29, 2025

राष्ट्र बैंक आज रु. २७.६० अर्बको ट्रेजरी बिल नवीकरण गर्दै , बोलकबोल आजै हुने

spot_imgspot_imgspot_img

२७ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल नेपाल राष्ट्र बैंकले आज नवीकरण गर्ने भएको छ।

आज असार २५ गते नेपाल राष्ट्र बैंकले २७ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्न बोलकबोल गर्ने निर्णय गरेको हो। केन्द्रीय बैंकले असार २६ गते जारी हुने २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल गर्नेछ।

राष्ट्र बैंकले ५ अर्ब रुपैयाँ २८ दिनका लागि ,८ अर्ब रुपैयाँ ९१ दिनका लागि , ६ अर्ब रुपैयाँ १८२ दिनका लागि र ८ अर्ब रुपैयाँ ६० करोड रुपैयाँ ३६४ दिनका लागि यि ट्रेजरी बिल नवीकरण गर्नेछ। यी ट्रेजरी बिल क्रमशः साउन २३ गते, असोज २३ गते, पुस २४ गते र २०८१ असार २६ गते परिपक्व हुनेछन्।

अनलाइनका माध्यमबाट आज दिउँसो ३ बजे बोलकबोल हुनेछ। बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्।

सबैभन्दा बढी मूूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ।

ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here