27.1 C
Nepal
Tuesday, October 22, 2024

नेप्से नै सरकारलाई सुनको अण्डा दिने कुुखुरो

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) काे कर्मचारी संघले एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै नेपालमा नयाँ स्टक एक्सचेञ्ज आवश्यक नरहेकाे बताएकाे छ । संघले नेप्सेको पुनः संरचना गर्नुपर्नेमा जाेड दिएकाे छ ।
कर्मचारी संघले आज एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै विभिन्न ८ वटा मुख्य बुँदाका आधारमा आफ्नो धारणा व्यक्त गरेको छ । संघले नेप्से नै सरकारलाई सुनको अण्डा दिने कुुखुरो रहेको बताएको छ । विज्ञप्तिकाे साताैँ बुँदामा भनिएकाे छ, “नेप्से : सरकारलाई सुनको अण्डा दिने कुखुरो : हाल सञ्चालनमा रहेका ४४ सार्वजनिक संस्थानमध्ये नेप्से उत्कृष्ट संस्था हो । यो सरकारको बहुमुल्य सम्पत्ति हो । सरकारले गरेको केवल ५०-६० लाख रुपैयाँ पूँजी लगानीलाई नेप्सेले निरन्तरको आम्दानीबाट बढाएर १ अर्व चुक्ता पूँजी पुयाएको छ । सरकारको लगानीमा उच्चतम प्रतिफल दिने यो अग्रणी संस्था हो । यसले सरकारलाई बर्षेनी ५० देखि १६७ प्रतिशतसम्म नगद लाभांश प्रदान गर्दै आएको छ । नेप्सेको यो वित्तीय अवस्था र प्रगति निजी क्षेत्रलाई समेत ईर्ष्यालाग्दो विषय बनेको छ । विदेशीको पनि साझेदार बन्ने रहर छ ।”

संघले विश्वभर मर्जरकाे लहर, अर्थतन्त्रको आकार, पूँजी बजार संवेदनशील क्षेत्र, धेरै स्टक एक्सचेञ्ज खोल्दा हुने प्रतिस्पर्धा, धितोपत्र बोर्डसँग भएको नियमन गर्ने स्रोत साधन लगायतका कुराहरूलाई औल्याउँदै नयाँ स्टक एक्सचेञ्ज आवश्यक नरहेको प्रस्ट्याएको छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here