21.2 C
Nepal
Wednesday, July 30, 2025

९९%ले घट्यो लगानी ,यो कम्पनिका सेयर धनी टाट पल्टिए -लगानी गर्दा ख्याल गर्नुस्

सेयर बजारमा बम्पर मुनाफाका साथै ठूलो घाटाको सम्भावना पनि हुन्छ। बजारमा केही सेयरले लगानीकर्तालाई मालामाल बनाएको छ भने केहीले कंगाल पनि बनाएको छ। 

भारतीय सेयर बजारमा एउटै यस्तै कम्पनीको सेयरले लगानीकर्तालाई डुबाएको छ। फ्युचर ग्रुपको कम्पनी फ्युचर रिटेलको सेयरमा गरिएको लगानी अहिले ९९ प्रतिशतले घटिसकेको छ। 

कुनैले बेला यो कम्पनीको सेयर प्रतिकित्ता ६०० रुपैयाँभन्दा बढीमा कारोबार भएको थियो। अहिले प्रतिकित्ता ३ रुपैयाँमा झरेको छ। यो सेयरमा लगातार लोअर सर्किट लागेको थियो। 

सेयर बजारमा बिना जानकारी लगानी गर्दा ठूलै घाटा व्यहोर्नुपर्ने अवस्था आउन सक्छ। त्यसैले कुनै पनि कम्पनीको सेयरमा लगानी गर्नुअघि अध्ययन गर्न आवश्यक हुन्छ। 

फ्युचर रिटेलको सेयर २०१७ नोभेम्बरमा ६४५ रुपैयाँको स्तरमा कारोबार भएको थियो। हिजो सोमबार यो कम्पनीको सेयर ३ रुपैयाँमा कारोबार भएको थियो। 

यो कम्पनीको सेयर गत अप्रिल ३ मा ५२ हप्ताकै न्यून २.१० रुपैयाँमा आएको थियो। ५२ हप्ताकै उच्च भने २०२२ जुलाई १३ मा ७.७० रुपैयाँसम्म पुगेको थियो।

पछिल्लो २ वर्षमा यो कम्पनीको सेयरभाउमा ९९ प्रतिशतभन्दा बढीको गिरावट आइसकेको छ। –एजेन्सी

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here