23.1 C
Nepal
Wednesday, October 23, 2024

एभरेस्ट बैंकको चाेरीपछि माछापुच्छ्रे बैंकबाट सेवाग्राहीकाे ९ लाख हरायो

एभरेष्ट बैंकबा सेवाग्राहीकाे रकम चाेरी भएकाे घटना सेलाउन नपाउँदै माछापुच्छ्रे बैंकबाट पनि चोरी भएको छ । रौतहटको चन्द्रपुर नगरपालिका ४ मा रहेकाे शाखाबाट माछापुच्छ्र्रे बैंकका सेवाग्राहीको ९ लाख रुपैयाँ खाताबाटै हराएको हो ।

उक्त बैंकमा रहेको रौतहटकै वृन्दावन नगरपालिका ३ का रामेश्वर राय यादवको खाता नम्बर ७५००६५३८३८०००१४ बाट रकम हराएको छ । आइतबार चन्द्रपुर शाखामा चेक साट्न गएपछि उनले बैंक खातामा पुग्ने रकम नभएको थाहा पाएका थिए ।

बिहीबार यादवले नेपाल बैंकको १२ लाख २० हजार रुपैयाँ बराबरको तीन वटा चेक आफ्नो खातामा क्लिरियन्सका लागि माछापुच्छ्रे बैंक चन्द्रपुर शाखामा दिदा खातामा रकम जम्मा भएको मेसेज पनि उनको मोबाइलमा आएको थियो ।

तर आइतबार भने यादव ८ लाख रुपैयाँ आफ्नो खाताबाट निकाल्न चन्द्रपुर शाखामा पुग्दा माछापुच्छ्रे बैंकका कर्मचारीले उनको खातामा ३ लाख २० हजार रुपैयाँ मात्र भएको बताए । यादव त्यसपछि भने आफ्नो बाँकी रहेको पैसाका विषयमा सोधपुछ गरे तर शाखा प्रबन्धक दासले रकम चोरी भएको हुनसक्छ आँफै खोजिनिती गर्नु भनेर गैर जिम्मेवार जवाफ दिए ।

यादवलाई बैंकले स्टेटमेन्ट मागे तर बैंकले दिन अस्विकार गरेपछि यादव र उनका आफन्तले चन्द्रपुर शाखामा विरोध गरेका थिए । खाताबाट रकम गायब हुनुमा बैंकका कर्मचारीकै मिलेमतो रहेको भन्दै आइतबार बिहानदेखि रातिसम्म बैंक घेराउ भएको थियो । पीडित यादबले प्रहरीमा उजुरी दिएका छन् ।

शाखा प्रबन्धक दासका अनुसार यादवको खाताबाट ९८६०१०१०२२, ९८०१५३३५४२, ९८२५०७४४०० र ९८२४२५५६३१ मोबाइल नम्बरको प्रयोग भएकाे र उक्त रकम सिटिजन बैंक तथा सानिमा बैंकमा ट्रान्सफर गरिएकाे देखिएको प्रहरीलाई जानकारी दिएका छन् ।

यसअघि सेवाग्राहीले बैंकमा राखेको डेढ करोड रुपैयाँ चोरी गरेको अभियोगमा एभरेष्ट बैंक इटहरीका शाखा प्रबन्धकसहित नौ जना पक्राउ परेका थिए। पाँच महिनामा ३३ जना बचतकर्ताको १ करोड ५० लाख २३ हजार ४३४ रुपैयाँ चोरी भएकाे थियाे ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here