23.1 C
Nepal
Wednesday, October 23, 2024

रावा इनर्जी जेठ १८ बाट आईपीओ बिक्री खुला गर्दै

रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले यही जेठ १८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न अनुमती पाएको छ।

कम्पनीले जारी पुँजी २८ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ८ करोड ४० लाख रुपैयाँबराबरको अर्थात् १०० अंकित दरका कुल ८ लाख ४० कित्ता आईपीओ जारीका लागि स्वीकृति पाएको थियो। कुल कित्तामध्ये कम्पनीले सर्वसाधारणलाई छुट्याइएकोबाट १० प्रतिशतले हुन आउने ५६ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको छ।

यसैगरी कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई ८७ हजार ६७० कित्ता सेयर बाँडफाँड गरिसकेको छ ।

लगानीकर्ताले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्तासम्मका लागि खरिदका लागि निबेदन दिन सक्नेछन । खरिद आवेदन नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत दिन सकिनेछ।

यो आईपीओको निष्कासन बन्द छिटोमा जेठ २२ गते र ढिलोमा जेठ ३२ गते बैंकिङ समयपछि हुनेछ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here