23.1 C
Nepal
Wednesday, October 23, 2024

भारतले २००० भारुको नोट बन्द गर्ने

भारतको केन्द्रीय बैंकले २००० भारुको नोटलाई चलनचल्तीमा नल्याउने निर्णय गरेको छ ।

भारतीय रिजर्ब बैंक (आरबीआई)का अनुसार यो नोट बैध हुनेछ, तर ३० सेप्टेम्बरसम्म आफ्नो बैंक खाता जम्मा गर्न सकिनेछ ।

साथै बैंकको कुनै पनि शाखामा गएर आफ्नो नोट बदल्न पाइनेछ । यो सुविधा एक पटकमा २० हजार भारुसम्म २ हजारको नोट बदल्न पाइनेछ । नोट बदल्दा अतिरिक्त शुल्क लाग्ने छैन ।

बीबीसी हिन्दीका अनुसार आरबीआईले अब नयाँ २००० भारुको नोट जारी गर्ने छैन ।

आरबीआईले दिएको ३० सेप्टेम्बर २०२३ पछि के हुने बताएको छैन । तर नयाँ निर्देशन आउने सम्भावना छ ।

भारतमा नोभेम्बर १०१६ मा पहिलो पटक २००० भारुको नोट जारी भएको थियो । त्यो बेला ५०० र १००० भारुको नोटबन्दी गरेपछि अर्थ व्यवस्थामा मुद्राको आवश्यकता पूरा गर्न २००० भारुको नोट ल्याइएको थियो ।

जब बजारमा साना नोटको उपलब्धता बढ्यो, त्यसपछि २०१८–१९ मा २००० भारुको नोट छाप्न रोकिएको थियो । समाचारहरुमा जनाइअनुसार ३१ मार्च २०२३ मा ३.६२ लाख करोड मुल्यको २ हजारको भारु नोट बजारमा चलन चल्तीमा थियो । यो नोटको सर्वाधिक सर्कुलेशन ३१ मार्च २०१८ मा ६.७३ लाख करोड भारु थियो, जुन कुल नोटको करिव १० प्रतिशत हो ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here