23.1 C
Nepal
Wednesday, October 23, 2024

प्रधानमन्त्रीले लडाकू शिविर घोटाला प्रकरणबारे दिएको जवाफ चित्तबुझ्दो छैन : सांसद राई

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद रामचन्द्र राईले तत्कालीन माओवादी लडाकू शिविरमा भएको भनिएको घोटालामा प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा सतही जवाफ दिएको सो जवाफ चित्तबुझ्दो नभएको बताएका छन्।

उनले लडाकू शिविरमा भएको भ्रष्टाचारबारे बिहीबार (हिजो) प्रतिनिधिसभामा सोधिएको प्रश्नको सही जवाफ प्रधानमन्त्री दाहालले नदिएको भन्दै शुक्रबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै असन्तुष्टि व्यक्त गरेका हुन्।

बिहीबार राप्रपा सांसद ज्ञानेन्द्र शाहीले माओवादी शिविरमा भएको भनिएको घोटाला प्रकरणबारे प्रश्न उठाएका थिए। उक्त प्रश्नमा प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारमा आफ्नो संलग्ना पुष्टि भए जेल जान तयार रहेको बताएका थिए।

प्रधानमन्त्रीको उक्तजवाफ कुनै हिसाबले चित्तबुझाउन सक्ने खालको नभएको राईले बताए।

‘सुशासन कायम गर्न सकियो भने स्वभाविक हिसावले नेपाली जनताकामा आशा पलाउँछ । यो आशा पलाउनका लागि मुलुकको नेतृत्व गरिरहेको मान्छेको भनाइ र गराइमा एकरुपता हुन आवश्यक छ,’ राईले भने।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here