23.1 C
Nepal
Wednesday, October 23, 2024

घट्यो नेप्से , लगानिकर्ता सशङ्कित – पर्ख र हेरको मनस्थितिमा लगानिकर्ता

आज नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ । नेप्से १६.९६ अंकले अङकले घटेको हो । आज नेप्से ०.९२ प्रतिसतले घटेर १८२१ को विन्दुमा कायम भएको हो ।

हिजो नेप्से परिसूचक ३ अंकले घटेको थियो । हिजो नेप्से ३ अङ्कले घटेर १८३८ को विन्दुमा कायम भएको थियो ।
आज बियर र बुलको फाइटमा बियरको जित भएको छ ।


प्राबिधिक बिस्लेशण
नेप्सेले आज बोल्लिङर ब्यान्डको तल्लो रेखामा रहेको छ , जसको अर्थ बजार अझै तल जाने वा बोलिङ्गर ब्यान्डलाई सपोर्ट बनाएर माथि जान सक्ने भन्ने बुझिन्छ ।

एमएसिडि अझै सेल सिग्नल भ्यालिड रहेको छ । तर हिस्टोग्राम लामालामा हुँदै गैरहेको छ जसले बजारमा पर्ख र हेरको निती लिनुपर्ने सन्केत गर्छ ।

आरएसआइ ३४ को बिन्दुमा रहेको छ ,यसले बजार ओभरसोल्ड जोन नजिकै पुगेको देखिन्छ। यसले पनि नो बाइ नो सेलको सङ्केत गर्दैछ । आरएसआइमा ३० को बिन्दुलाई ओभरसोल्ड र ७० को बिन्दुलाई ओभरबाइको रुपमा लिइन्छ ।
पिभोट पोइन्ट
बजार झरेमा अब पहिलो सपोर्ट १८०८ दोश्रो सपोर्ट १७४६ मा रहेको देखिन्छ । पिभोट पोइन्ट १८९५ छ । बजार बढेमा पहिलो प्रतिरोध १९५३ र दोश्रो प्रतिरोध २०४३ मा रहेको देखिन्छ ।
अहिले बाइ सेल नगरि पर्ख र हेरको निती लिएर कन्फर्म भएर मात्र लगानी गर्नु उचित देखिन्छ ।
नोट : यो लगानिको लागि बाइ सेल रिकोमेन्डेसन होइन ।सेयर बजार जोखिमको क्षेत्र हो त्यसैले लगानी गर्नुअघी आँफैले अध्ययन गर्नु होला

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here