16.3 C
Nepal
Friday, October 31, 2025

हतकडी नलगाउनुको परिणाम, खाणले प्रमाण नस्ट गरे-गोप्य कागज प्रहरीको हातबाट खोसे, चपाएर निले

spot_imgspot_imgspot_img

नक्कली भुटानी सरणार्थी प्रकरणमा प्रहरीले पूर्वमन्त्री बालकृष्ण खाँणलाई पक्राउ गर्‍यो तर उनलाई अरुलाई जस्तो हतकडी लगाएन जसले गर्दा खाणले आफु बिरुद्धको महत्वपूर्ण प्रमाण नस्ट गरेका छन । उनले प्रहरिको हातबाट गोप्य कागजात खोसेर चपाएर निलिदिएका छन ।
खाणलाई पक्राउ गर्न गएको प्रहरी टोलीले उनको घरमा खातलासी गर्दा गोप्य कागजसमेत बरामद गरेको थियो । सो कागजमा खाँणले केहि लेखेर बाहिर कसैलाई दिन खोजेका थिए भन्ने दाबी प्रहरीकै छ । तर खाँणले उक्त दस्ताबेज नस्ट गरिदिएका छन ।

उनले उक्त कागज थुनामा रहेका टेकनारायण पाण्डेलाई दिन भनेर ठीक्क परेका थिए । भाग्न सक्ने तथा प्रमाण नष्ट गर्न सक्ने आकलनकै कारण जरुरी पुर्जी थमाएर प्रहरिले पक्राउ गरेको हो । भाग्न सक्ने लागेमा प्रहरिले जरुरी पुर्जी निकाल्छ ।

प्रहरीले यस प्रकरणमा लेनेदन गरेको बलियो प्रमाण फेला पारिसकेको छ , तर उक्त कागज थप अनुसन्धानका लागि सहयोगी साबित हुने थियो त्यसैले प्रहरीले सो कागजका बारेमा पनि उनलाई पटक पटक सोधपुछ गरिसकेको छ । तर उनले त्यसमा केहि थिएन भन्ने जवाफ दिईरहेका छन् ।
प्रहरिले उनलाई हत्कडी नलगाएको बिषयमा जनतामाझ बहस भईरकेको कि प्रहरी कसैलाई उस्तै गल्तिका लागि जनतालाई हत्कडी लगाउने तर ठुलो नेतालाई उस्तै गल्तिका लागि समेत फरक व्यबहार किन गर्छ भनेर उनलाई हत्कडी नलगाएको बिषयमा जनतामाझ बहस भईरकेको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here