12.4 C
Nepal
Friday, November 22, 2024

विश्व बैंकले माथिल्लो अरुणमा लगानी गर्ने, करिब ३२ अर्बको आईपीओ ल्याइने

विश्‍व बैंकले माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजनामा लगानी गर्ने भएको छ । यो आयोजना १ हजार ६१ मेगावाट(मेवा) क्षमताको हो ।

विश्‍व बैंककी प्रबन्ध–निर्देशक आना वियर्डेले शुक्रबार संखुवासभाको भोटखोला गाउँपालिकामा रहेको आयोजनास्थलको निरीक्षण गर्दै लगानी गर्न सहमती जनाएकी हुन । उनले भनिन्, ‘आयोजना अगाडि बढाउन स्थानीय लगायत सबै पक्ष आतुर रहेको पाएकी छु, सबै पक्षलाई फाइदा हुने गरी आयोजनामा लगानी गर्न बैंक तयार छ।’

यसैगरी अर्थमन्त्री महतले आयोजना निर्माण गर्न विश्व बैंकलाई अनुदान र ॠणका लागि आग्रह गर्दै भने, ‘यो देशका लागि अत्यन्त महत्वपूर्ण आयोजना हो। अब लगानी जुटाउने तहमा पुगेका छौं’ ।

आयोजनाका लागि विश्‍व बैंकको नेतृत्वको अन्तरराष्ट्रिय वित्तीय संस्थाबाट ७५ करोड डलर सहुलितपूर्ण ऋण जुटाइने छ। ४० करोड डलर स्वदेशी बैंक तथा वित्तीय संस्थाबाट जुटाएर वित्तीय व्यवस्थापन गर्ने योजना छ।

करिब ६४ अर्ब रुपैयाँ इक्विटीमध्ये ५१ प्रतिशत रकम आयोजनाको प्रवर्धक अपर अरुण हाइड्रो इलेक्ट्रिक कम्पनीका संस्थापक शेयर र ४९ प्रतिशत आईपीओबाट संकलन गरिने छ। करिब ३२ अर्ब रुपैयाँको साधारण सेयर निष्कासन गर्ने योजना छ। सन् २०२४ को जुनभित्र वित्तीय व्यवस्थापन गरी सन् २०२५ को मध्यबाट आयोजनाको निर्माण शुरु गर्ने लक्ष्य छ।

आयोजनको अनुमानित लागत १ अर्ब ७५ करोड अमेरिकी डलर (करिब २ खर्ब १४ अर्ब) रुपैयाँ खर्च हुने अनुमान छ। त्यसमध्ये ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपूँजी (इक्विटी) बाट जुटाउने योजना छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here