24.4 C
Nepal
Monday, September 16, 2024

सेयर बजार जुवाघर होइन, फन्डामेन्टल्ली राम्रा कम्पनिमा लगानी गरौ, हल्लाको भरमा लगानि नगरौ – बैंकर मनोज ज्ञवाली

बैंकर मनोज ज्ञवालीले १२ करोडको सिमाको बारेमा अनावश्यक हल्ला गरिएको बताएका छन । सामाजिक सन्जाल र मिडियामा समेत बजारलाई प्रभाबित पार्न बिना आधारप्रमाण ‘करोड को सिमा हट्ने । राष्ट्र बैंक सकारात्मक।” जस्ता समाचार र केही स्टाटस हरु सामाजिक संजालमा लेखेर बजारलाई प्रभाबित पारीएको बताएका छन । उनले समाजिक सन्जालमा एक स्टाटस लेख्दै भनेका छन , “१२ करोड को सिमा हट्ने । राष्ट्र बैंक सकारात्मक।” केही स्टाटस हरु सामाजिक संजालमा अनि केही मिडीयामा समाचार । तथ्य के हो ? आधार के हो? असर के पर्छ? केही थाहा छैन लौ अब बजार बढ्छ भन्यो एक दुई दिन दौडायो । फेरी अर्को ले लेख्छ – “१२ करोड को सिमा नहट्ने। राष्ट्र बैंक अडिग।” स्वाट्ट जसरी बजार बढ्यो उसैगरी घट्छ । बिना कारण बढेको बजार उसै गरी घट्छ । घाटा हुनेहरु सामाजिक संजालमा अनापसनाप नियामक, मन्त्री, सरकार सबलाई गाली गर्न थाल्छन । यो १२ करोड ले कति पटक बजारलाई गिज्याई सक्यो। यस्तै कति हल्ला कति जसले बजारलाई हल्लाई रहन्छन।कहीले केही भनेर बजार उचालेको छ कहीले केही भनेर थचारेको छ, विस्वास आफ्नो सम्पत्ति र लगानीमा नहूने गाली अरुलाई गरेको छ।

उनले लगानी गर्दा फण्डामेन्टल रुपमा राम्रा कम्पनीमात्र किन्न त्यसलाई पछी पनि आधारभुत रुपमै बिस्लेषण गरेर किनबेच गर्न र हल्लाको भरमा लगानी नगर्न र हल्लाको पछी नलाग्न सुझाब दिदै भनेका छन , ” कम्पनीको कुन fundamental को आधारमा लगानी गरेको हो र त्यो fundamental मा के परिवर्तन भयो जसले मूल्यमा फरक पार्न सक्छ? कम्पनीको कार्यसम्पादन के कस्तो छ? लाभांश के कस्तो आउछ? अर्थतन्त्र का सूचकांकहरु के कस्तो छन? सरकार र नियामक हरुको बजार प्रति कस्तो धारणा छ ? कम्पनीको प्रक्षेपण कस्तो छ? कम्पनी र कम्पनी सम्बद्ध इंडस्ट्री कस्तो चल्दैछ? यस्तो कुराहरुको आधारमा किन्ने र बेच्ने निर्णय गरौं कसैलाई गाली गर्नु पर्दैन । नियामकहरुको आफ्नै लक्ष्य र दायरा हुन्छन । सरकारको आफ्नै समस्या र सोचको दायरा हुन्छन- लगानीकर्ताले आकलन गरेर निर्णय गर्ने हो । आफुले लगानी गरेको सम्पत्ति मा आफुले विस्वास गर्ने हो । हल्लै हल्लामा लगानी गर्ने अनी अलीकती हज़ार घट्ने केही हल्ला आयो की घाटा मा लाईन लगायर बेच्न तम्सिने र घाटा भयो भने अरुलाई धारेहात लगाउने होईन। ज्ञात रहोस- अरुलाई धारेहात लाउदै आफ्नो शेयर बेच्न बुर्कुसी मारेर नदौडे सम्म न बजार घट्छ न घाटा हुन्छ।”

उनी लेख्छन , शेयर बजारमा speculation संसारभर हुन्छ यसले बजारलाई रोमांचक बनाउछ । शेयर बजार को सुन्दर पक्ष – कसैले प्रक्षेपण गर्न सक्दैन र त बजारमा क्रेता / विक्रेता दुबै रहन्छन अनि बजार चल्दछ । तर बजारलाई सधै अस्थिर बनाईरहने स्वार्थ ले दिर्घकालमा कसैलाई हीत गर्दैन ।
उनले सेयर बजार जुवाघर नभएर अर्थतन्त्रको ऐना भएकाले यसलाई त्यही अनुरुप व्यबहार गर्नुपर्छ भन्दै उनी अगाडि लेख्छन “बचत गरौं, बचतबाट लगानी गरौ अनी आफ्नो लगानीमा विस्वास गरौ। बजार र लगानीकर्ताको निर्णय प्रभावित हुने गरी सामाजिक संजालमा लेख्ने/बोल्ने वा समाचार सम्प्रेषण गर्ने सबै बजारका धमिरा हुन- यीनीहरुलाई दुरुत्साहन, नियन्त्रण र नियमन गरौं। सरकार र नियामकले लगानीकर्तालाई प्रोत्साहित गर्ने वाताबरण बनाऔ- यो अर्थतन्त्र को ऐना हो। शेयर बजारलाई लगानीको एक राम्रो बिकल्प बन्न सहयोग गरौं- जुवाघर होईन ।”

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here