22.6 C
Nepal
Thursday, September 19, 2024

भद्र सहमति तोडेर ब्याजदर घटाउने तयारी ,भोलि बैंकर्सबिच छलफल हुदै

बैंकिङ प्रणालीमा अधिक तरलता भएर लगानिमा कम हुन थालेसी बैंकरहरुले ब्याजदरको भद्र सहमति हटाउन लागेका छन् । १ साउनदेखि लागु हुने निक्षेपको ब्याजदर लगायतका विषयमा छलफल गर्न नेपाल बैंकर्स संघले बिहीबार बिहान संघको पूर्ण बैठक बोलाएक छ ।

बैंकिङ प्रणालीमा अधिक तरलता भएर नेपाल राष्ट्र बैंकले तरलता खिच्नुपर्ने अवस्था आएसी ब्याजदर खुला छोडिनुपर्ने माग हुन थालेको छ ।

बैंकरले ब्याजदरको भद्र सहमति खारेज गरेपनि राष्ट्र बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा दिएको उच्च ब्याजदरको औसत निकाले त्यसको १० प्रतिशतले मात्रै निक्षेपको ब्याजदर घट्बढ गर्नसक्ने व्यवस्था गरेको छ । अहिले सबै वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपमा ९.९९ प्रतिशत ब्याजदर दिंदै आएकोले १ साउनदेखि लागु हुने ब्याजदरमा बैंकरले ९.९९ को १० प्रतिशतले मात्रै ब्याजदर घटाउन सकनेछन् । बढाउँदा पनि सोही अनुपातमा बढ्नेछ ।

आगामी आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति तर्जुमाको तयारी राष्ट्र बैंकले गरिरहेको छ । जेठ मसान्तको तथ्यांकमा मुद्रास्फीति चालु आर्थिक वर्षको मौद्रिक नीतिको लक्षित सीमाभित्र आएको र शोधनान्तर बचत उल्लेख्य रुपमा बढ्नुको साथै विदेशी विनियम सञ्चिति पनि सहज अवस्थामा छ ।

राष्ट्र बैंकले बैंकदर र नीतिगत दर घटाउन सक्ने विश्लेषणका आधारमा बैंकहरु पनि ब्याजदर घटाउनुपर्ने पक्षमा देखिन्छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here