14.8 C
Nepal
Thursday, October 24, 2024

घोराही सिमेन्टको आईपीओमा ८५ लाख कित्ता सेयरको आवेदन ‘रिजेक्ट’, कस्ले गर्‍यो फर्जी ? छ जनाले मात्र ६० लाख कित्ता माग, सबै पैसा बिनाको माग

प्रिमियम मूल्यमा आईपीओ निष्कासन गरेको घोराही सिमेन्टको ८५ लाख कित्ता सेयरमा दिएको आवेदन ‘रिजेक्ट’ भएको छ । कम्पनीले ३२ जेठदेखि सर्वसाधारणका लागि ६९ लाख ११ हजार ६ सय ७० कित्ता सेयर सार्वजनिक निष्कासनमा ल्याएको थियो ।

कम्पनीको सेयरमा आवेदन दिएकामध्ये ६५ हजार १७० वटा आवेदनबाट ८५ लाख कित्ताको आवेदन ‘रिजेक्ट’ भएको सीडीएस एण्ड क्लियरिङ लिमिटेड स्रोतले जनाएको छ । जसमध्ये १० लाख कित्ता आवेदन दिएका ६ वटा आवेदनबाट मात्रै ६० लाख कित्ता सेयरको आवेदन ‘रिजेक्ट’ भएको स्रोतले बतायो । अहिलेसम्म सार्वजनिक निष्कासन गरेका कम्पनीहरुमा यति ठूलो सेयर संख्यामा आवेदन ‘रिजेक्ट’ भएको थिएन । प्रतिसेयर आम्दानी ५० पैसा भएको कम्पनिको आर्थिक अवस्था कमजोर भएको र प्रिमियममा आइपिओ भर्नु मुर्खता हुन सक्ने भनेर आर्थिक कागजले लेख्दै आएको छ । यो हेनुस् घोराही सिमेन्टको इपियस ५० पैसा,लगानीकर्तालाई गुमराहमा पारेर ठग्दै

यो पनि हेनुस् साबधान रहनुस् , घोराही सिमेन्टको आइपिओ किन्नुअघी हेर्नुस् यि कुरा नत्र फस्नुहोला नमज्जाले !

यो पनि हेनुस् लसुनलाई सुन भनेर घोराहीले सोझा लगानिकर्तालाई झुक्याएर आइपीओको नाममा लुट्दै

कम्पनीको सेयरमा उच्च आकर्षण छ भनेर देखाउन फर्जी अाबेदन हालिन्छ । राम्रो नियतले हालेको आइपिओमा यत्रो सङ्ख्यामा रेजेक्ट हुँदैन । यसमा सोझा लगानिकर्ता फसाउने दुसित मनसाय प्रस्ट देखिन्छ । सामान्यतया आवेदन गरेअनुरुप संख्यामा सेयरलाई थाम्ने पैसा आवेदकको खातामा रहेनछ भने आवेदन रिजेक्ट हुन्छ । त्यस्तै आवेदक स्वयंले पनि रिजेक्ट गर्नसक्ने सीडीएस एन्ड क्लियरिङ लिमिटेडले जनाएको छ ।

सामूहिक लगानी कोष, कर्मचारी, स्थानीय र वैदेशीक रोजगारीमा रहेको नेपालीहरुलाई छुट्याएको सेयर पुरै बिक्री नभएपछि उक्त सेयर समेत थप गरेर कम्पनीले ३२ जेठबाट सर्वासाधारणका लागि निष्कासन खुला गरिएको थियो । कर्मचारी र सामूहिक लगानी कोषका लागि छुट्याइएको सेयर पनि पूरा बिक्री भएको थिएन त्यसले कम्पनी दबाबमा परेको अवस्था थियो । सोही कारण उच्च आकर्षण देखाउन यसरी फर्जी आबेदनमा कम्पनिको संलग्नता देखिन्छ । नत्र यसरी १० लाख किताका दरले एस् जनाले आबेदन दिएर ६० लाख कित्ता माग गर्नु र रेजेक्ट हुनु सामान्य होइन ।

कम्पनीको सेयरमा सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख कित्तासम्मको लागि आवेदन दिनसक्ने आह्वानपत्रमा उल्लेख थियो । माथिल्लो सीमामा १० लाख कित्ताका दरले आवेदन दिएका ६ जनाले कम्पनीको सेयरमा आकर्षण छ भनेर देखाउन बैंक खातामा पर्याप्त रकमविना नै आवेदन दिएको हुनसक्ने स्रोतले बताएको छ ।

४ असारसम्म आवेदन दिने म्याद रहेको कम्पनीको सेयरमा माग भन्दा दुई गुणा बढी आवेदन पर्दासमेत आवेदन दिने म्याद थप गरेर कम्पनिले यस्तो हुने कुरा कम्पनिलाई पहिले नै थाहा भएको र यसमा कम्पनिको सम्लगनता रहेको आँफैले पुस्टी गरेको छ । कम्पनीले सोमबार एक सूचना प्रकाशित गर्दै आवेदन भेरिफाइ भइरहेकोले आवेदन दिने म्याद थप भएको बताएको छ । यससँगै अब सर्वसाधारणले घोराहीको आईपीओमा १४ असारसम्म आवेदन दिन सक्नेछन् । सो अगावै यथोचित संख्यामा प्रमाणित आवेदन आएमा सार्वजनिक सूचना जारी गरेर बिक्री बन्द गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीको सेयरमा मागभन्दा बढी आवेदन पर्दासमेत आवेदन दिने अवधि थप भएपछि नेपाल धितोपत्र बोर्ड छलफलमा बसेको छ । मागभन्दा बढी आबेदन परेपछी समय थप गर्न पाइन्दैन । तर कम्पनीको सेयरमा सर्वसाधारण लगानीकर्ता भ्रमित बनाउने गरी फर्जी आवेदन देखाएर सेयर बेच्न आफ्नै संलग्नतामा आबेदन पेश गरेको हुन सक्ने देखिन्छ । यस्तो भएको रहेछ भने बोर्डले अध्ययन गरेर कारवाही गर्ने अध्यक्ष हमालले बताए ।

धितोपत्र सम्बन्धी ऐनले नै धितोपत्रको कारोबारमा जालसाजी गर्न नपाइने व्यवस्था गरेको छ । ऐनको दफा ९८ मा कसैले कसैसँग धितोपत्र खरिद बिक्री वा विनिमय गर्ने उद्देश्यले कसैलाई झुक्यानमा पारी कुनै काम गराएमा वा काममा लगाएमा जालसाजी गरेको मानिने उल्लेख छ ।

यस्तै ऐनको दफा ९९ मा जालसाज गरी वा झुक्यानमा पारी धितोपत्र कारोबार गर्न नहुने व्यवस्था छ । कुनै विवरण झुट्टो वा भ्रामक हो भन्ने थाहा हुँदाहुँदै वा विवरणमा कुनै कुरा छुटेको, लुकाइएको वा नपरेको कारणले त्यस्तो विवरण गलत वा भ्रामक भएको छ भन्ने जानीजानी त्यस्तो विवरणको आधारमा कसैलाई धितोपत्र खरिद वा बिक्री गर्न उत्साहित गरेमा वा धितोपत्रको मूल्य घटाउन, बढाउन वा स्थिर राख्न लगाएमा त्यस्तो काम कारबाही गर्ने गराउनेले जालसाजी गरी वा झुक्यानमा पारी धितोपत्र कारोबार गरेको मानिने उल्लेख छ ।

यदि यसरी जालसाजी गरेर धितोपत्र कारोबार गरेको पाइएमा ऐनको दफा १०१ को उपदफा ३ अनुसार १ लाख देखि ३ लाखसम्म जरिवाना वा दुई वर्षसमम कैद सजाय हुनसक्ने व्यवस्था छ । अथवा जरिवाना र कैद सजाय दुबै हुने व्यवस्था ऐनले गरेको छ । यदि त्यस्तो कारोबारबाट कसैलाई हानि नोक्सानी भएको रहेछ भने त्यस्तो हानि नोक्सानी समेत भराई दिनुपर्ने व्यवस्था धितोपत्र सम्बन्धी ऐनले गरेको छ ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट उद्योग प्रभावित क्षेत्रका स्थानीयलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३०० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४०० रुपैयाँको सेयर निष्कासन गर्ने स्वीकृति पाएको थियो । यस्तै, सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गरेर ४३५ रुपैयाँ प्रतिकित्ताका दरले सेयर निष्कासन गर्ने स्वीकृति पाएको थियो ।


एक करोड लगानी गर्दा कम्पनिले नेट कमाउने भनेको ८६ हजार हो, यो कुरा कम्पनिले आँफै प्रकासित गरेको रिपोर्टले देखाउछ । हुनपनी यस्तो पत्तुर कम्पनिमा लगानी गर्नु मुर्खता नै हो । हुनत त टोपी मास्टरहरुले यो भन्दा बढी मुल्यमा अरुलाई टोपी लगाउन अहिलेदेखी नै सेटिङ गरिसकेका हुन सक्छन ।


एक टेलिभिजनले प्रसारण गरेको रिपोर्ट अनुसार यो कम्पनी सन्चालन गर्न स्थानियले अबरोध गरिरहेका छन र यो कम्पनी चाडै बन्द हुनेवाला छ । र सन्चालकहरु प्रिमियममा आइपीओ जारी गरेर आफ्नो लगानी उठाएर भाग्न खोजिरहेका छन पनि भनिन्छ ।
हुनपनी १४ अर्ब भन्दा ॠण भएको कम्पनी जसले १ करोड लगानी गर्दा ८६ हजार नेट कमाइ ( नाफा ) गर्ने कम्पनी धेरै समय चलाएर पनि हुने प्रगती केही देखिन्न ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here