28.4 C
Nepal
Wednesday, March 11, 2026

सर्वसाधारणलाई छिमेक लघुवित्तको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य रु.४४५

spot_imgspot_imgspot_img

छिमेक लघुवित्त वित्तीय संस्थाले संस्थापक समूहतर्फको सेयर बिक्रीमा ल्याएको छ । संस्थापक सेयरधनी चोलराज शर्मा जोशी र अभय बहादुर शाहको नाममा रहेको सेयर बिक्रीका लागि संस्थाले गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको हो ।
चोलराज शर्माको नाममा रहेको ५० हजार कित्ता सेयर र अभय बहादुरको नाममा रहेको १९ हजार कित्ता गरी कुल ६९ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

संस्थाले उक्त सेयरको न्यूनतम मूल्य ४४५ रुपैयाँ तोकेको छ । उक्त सेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक सेयरधनी वा जो कोही अन्य योग्य व्यक्ति वा संघ संस्थाहरुले चैत १२ गतेसम्म आवेदन दिन सक्नेछन् ।

इच्छुक आवेदकले तोकेको मूल्य वा सो भन्दा बढीमा उक्त सेयर खरिद गर्न सक्नेछन् । आवेदकले न्यूनतम ५ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ ।

बोलपत्र फाराम एनआइसी एशिया क्यापिटल लिमिटेडको कार्यालय ट्रेड टावर थापाथलीमा बुझाउनुपर्नेछ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here