29.5 C
Nepal
Wednesday, April 15, 2026

ग्रीनलाइफ हाइड्रोपावरले कमायो रु.१.८८ करोड नाफा

spot_imgspot_imgspot_img

ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडले चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण आज सार्वजनिक गरेको छ । कम्पनीले सो अवधिसम्म १ करोड ८८ लाख ४ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

कम्पनीले कमाएको यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा २४.७४ प्रतिशत बढी हो । गत आवको दोस्रो त्रैमाससम्म कम्पनीले १ करोड ५० लाख ७४ हजार रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीको आम्दानीमा सुधार देखिएसँगै नाफा बढ्न टेवा पुगेको हो । कम्पनीको आम्दानी ७.३५ प्रतिशतले बढेर ५ करोड २६ लाख ४२ हजार पुगेको छ । गत आवको सोही अवधिसम्म भने कम्पनीको आम्दानी ४ करोड ९० लाख ३९ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीको प्रतिसेयर आम्दानी (इपीएस) १.६७ रुपैयाँबाट बढेर २.०९ रुपैयाँ पुगेको छ भने नेटवर्थ १०८.१९ रुपैयाँबाट बढेर ११०.७७ रुपैयाँ पुगेको छ ।

त्यस्तै, कम्पनीका पीई रेसियो १४६.१६ गुणाबाट घटेर ११९.६६ गुणा, तरलता अनुपात ०.१४ प्रतिशतबाट ०.०३ प्रतिशत कायम भएको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here