23.7 C
Nepal
Wednesday, February 25, 2026

कालिञ्चोक हाईड्रोपावरको आईपीओमा आवेदन खुला

spot_imgspot_imgspot_img

कालिञ्चोक हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूलाई लक्षित गरी आईपीओ निष्कासन सुरु गरेको हो।

कम्पनीले गत माघ १९ गते नेपाल धितोपत्र बोर्डबाट रु. १०० अंकित दरका १३ लाख ७५ हजार कित्ता साधारण सेयर निष्कासन गर्न अनुमति पाएको थियो। उक्त सेयरको कुल मूल्य १३ करोड ७५ लाख रुपैयाँ बराबर रहेको छ।

कम्पनीको कुल जारी पूँजी रु. ५५ करोड रहेको छ। सो पूँजीको २५ प्रतिशत बराबर १३ करोड ७५ लाख रुपैयाँको आईपीओ सर्वसाधारणमा निष्कासन गरिएको हो। यसमध्ये जारी पूँजीको १० प्रतिशत अर्थात् ५ करोड ५० लाख रुपैयाँ बराबरका ५ लाख ५० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ।

आयोजना प्रभावित क्षेत्रअन्तर्गत दोलखा जिल्लाको विगु गाउँपालिका वडा नं. ८ तथा कालिन्चोक गाउँपालिका वडा नं. १ र २ का बासिन्दाले आवेदन दिन सक्नेछन्।

यस्तै, बाँकी ८ लाख २५ हजार कित्तामध्ये १० प्रतिशत अर्थात् ८२ हजार ५०० कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि निष्कासन गरिएको छ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले न्यूनतम १० कित्ता र अधिकतम ४ हजार कित्तासम्म आवेदन दिन पाउनेछन्।

आयोजना प्रभावित क्षेत्रका लागि आईपीओ निष्कासन छिटोमा फागुन २७ गते र ढिलोमा चैत १२ गते बन्द हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने छिटोमा फागुन १७ गते र ढिलोमा फागुन २७ गतेसम्म आवेदन खुला रहने कम्पनीले जनाएको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here